जनप्रगतिशील मोर्चा कतारद्वारा कुमार पौडेलको हत्याको निन्दा र भत्र्सना

२०७६ असार ७ गते, शनिबार

काठमाडौँ , ७ असार । नेपाल कम्युनिस्ट पार्टी आबद्ध जनप्रगतिशील मोर्चा कतारले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई पक्राउ गरी हत्या गरिएको बिरोधमा असार १० गते राखिएको नेपाल बन्दलाई नैतिक समर्थन गरेको छ । मोर्चाका कतार संयोजक शिशिर भण्डारीले विज्ञप्ति जारी गर्दै नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई पक्राउ गरी हत्या गरिएको खबरले मोर्चा मर्माहत भएको जनाउदै उक्त हत्याको निन्दा र भत्र्सना समेत गरेका छन् ।
भण्डारीले विज्ञप्तिमा भनेका छन्, ‘नेकपाका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई पक्राउ गरी हत्या गरिएको खबरले मोर्चा मर्माहत बनेको छ । राज्यको फासिवादी शैलीको मोर्चा खुलेर विरोध गर्दछ । पार्टीका इमानदार र जनप्रिय नेतालाई नक्कली भिडन्त गराई सीधै हत्या गरिनुले राज्य निकै ठूलो दलाल रूपबाट सञ्चालित भएको पुष्टि गर्दछ । कमरेड कुमार पौडेलप्रति मोर्चा परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि तरिकाले भिडन्त गराउने र क्रान्तिकारीहरूलाई सखाप पार्ने रणनीति अन्तर्गत गरिएको राज्यको यस्तो गलत नीतिलाई निस्तेज पार्नकालागि सम्बन्धित पार्टीका तर्फबाट असार १० गते राखिएको नेपाल बन्दलाई नैतिक समर्थन गर्दछ ।’

प्रतिक्रियाहरु