जनता आवास कार्यक्रम अलपत्र

२०७४ फाल्गुन १२ गते, शनिबार

काठमाडौं, १२ फागुन । रौतहटमा संचालित जनता आवास कार्यक्रम अलपत्र परेको छ । लक्षित बर्गको घर निर्माण थालेको नौ महिना विति सक्दासमेत जग खनेर छाडिएपछि सो कार्यक्रम नै अलपत्र परेको हो । पक्की घरमा बस्ने आश गरेका उनीहरु यतिखेर खुल्ला आकाश मुनि बस्न बाध्य भएका छन् ।
आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षणका लागि सरकारले रौतहटका चार वटै निर्वाचन क्षेत्रमा एक हजार घर निर्माण प्रक्रिया थालेको थियो । तर निर्माण कार्य बिचैमा रोकिएपछि लक्षित वर्ग मर्कामा परेका हुन् । निर्माण थालिएका घरसमेत गुणस्तरहीन रहेको आरोप उनीहरुको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय पर्सा, जनता आवास कार्यक्रम कार्यान्वयन ईकाई रौतहटद्वारा निर्माण थालिएका घरले पूर्णता पाउनेमा शंका गर्न थालिएको छ । निर्माणाधीन घरहरु अलपत्र अवस्थामा छन् । पक्की घर बन्ने आशमा यहाँका स्थानीयले आफ्नो भएको झुपडीसमेत भत्काएका थिए । गत वर्षदेखि शुरु भएको घर निर्माण अभियान आगामी साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु