जनक्रान्ति सम्भव छ – विनोद दाहाल

२०७५ असार ९ गते, शनिबार

समाज वर्गीय छ र २ भागमा विभाजित छ । शोषक वर्ग र शोषित वर्ग शासक र शासित वर्गको रुपमा रहेका छन् । शोषक र शासक वर्गले आफ्नो साम्राज्य खडा गरेर बर्बरताको पराकाष्टको रुप देखाएको छ । शोषित तथा शासित समुदायको विशाल पङ्ती सर्वहारा हुन तथा कठोर श्रममा लाग्न वाध्यता आइलागेको छ । शासन व्यवस्थाले मानव सभ्यतालार्ई नै कुरुप बनाएको छ । सर्वहारा तथा शोषितपीडित श्रमजीवि समुदाय सधैँको अभाव र तनावसँग संघर्ष गर्दागर्दै शोषक र शासितको साम्राज्यवादसँगै जुध्न वाध्य भएका छन् । यो जीवनमरणको संघर्षमा शोषक वर्गले जतिनै दमन गरोस्, अन्ततः सर्वहारा तथा शोषित पीडित श्रमजीवि जनताले जित्नुको कुनै बिकल्प नै छैन किनकि उनीहरुसँग गुमाउनका लागि बाँकी केही छैन तर शोषक वर्गको लागि लुटको सिंगो संसार नै छ । यही निर्णायक संघर्ष नै जनक्रान्ति हो । र, यही जनक्रान्तिको चेतना नै सबैभन्दा महान् र उच्च चेतना हो । अहिलेको बस्तुगत अवस्था र चेतना जहाँतहीँ सलबलाइरहेकोले कुनै पनि बेला जनक्रान्तिले मूर्त रुप लिने निश्चित छ । बेलाबेला विशेष ठाउँहरुमा यसले आफ्नो रुप देखाईरहेकै छ । जनक्रान्तिको लागि कार्यदिशाको सवाल मुख्य हुन्छ । कार्यदिशाबिनाको जनक्रान्ति बिद्रोहको रुप मात्र हुन्छ । जनक्रान्तिको लागि आधार ठिक छ कि छैन भनि बुझ्नको लागि बिद्रोहहरु कति भएका छन् भनि मापन गर्न सकिन्छ । पटक–पटकाका बिद्रोहहरु भएका समाजमा जनक्रान्तिको बस्तुगत अवस्था ठीक छ भनि सहजै बुझ्न सकिन्छ । राज्यसत्ता नियन्त्रणमा लिनका लागि न्युनतम् कार्यक्रमसहितको नीति निर्माण गर्नु सचेत ढङ्गले पहलकदमी लिएको भन्न सकिन्छ । यही नै जनक्रान्तिको कार्यदिशा हो । बस्तुगत वर्गविश्लेषणमा आधारित भएर गरिएको यस्तो कार्यदिशाले जनक्रान्तिको सम्भावनालार्ई नजिक ल्याइदिन्छ । संसारभरि सबै देशमा यो सम्भावना अव धेरै टाढाको र कठिनाइको बिषय होइन भन्न सकिन्छ । यसको लागि समाजहरुको वर्गबिश्लेषण गरेर स्थितिलार्ई उजागर गरिदिन पहल लिनु आवश्यक छ ।
जव कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गको मुक्ति यात्रा शुरु भयो तव शोषक वर्गको अन्त्यको घोषणा पनि सँगै भयो । जब वैज्ञानिक समाजवाद तथा साम्यवादको प्रस्ताब स्थापित भयो तव लुटको संसार भाताभुङ्ग भयो । जव सर्वहारा वर्गीय उच्च चेतना समाज विज्ञानको रुपमा सर्वहारा वर्गको हतियारको बनेर आयो तव सचेतपहलबाट सामाजिक क्रान्ति हुने ढोका खुल्यो । जव सर्वहारा वर्ग सचेतपहलका साथ समाज बदल्नका लागि मैदानमा आयो तव एउटा नयाँ युगको उद्घाटन भयो । यो नयाँ युग विश्वव्यापी रुपमा सर्वहारा वर्गले शोषक वर्गसँग जुध्दै जनक्रान्ति गर्ने युग हो । यो हरेक देशको राजनैतिक सत्ता बदल्ने नीति निर्माण भएको युग हो । मालेमावादले मानव समुदायलार्ई यही ऐतिहासिक युगको जिम्मेवारि लिन निर्देश गरेको छ । मानव समुदायलार्ई यो शोषणकारी वर्गीय नरकीय युगको अन्त्यका लागि सकेसम्मको तागत निकाल्न निर्दे गरेको छ । विशेषतः सर्वहारा वर्गलार्ई आफ्नो ऐतिहासिक भूमिका निर्वाहका लागि आह्वान गरेको छ ।
त्यसैले जनक्रान्ति भनेको सर्वहारा वर्गले कम्युनिस्ट पार्टीको माध्यमबाट राज्यसत्ता खोस्ने र आफ्नो मुक्तिको लागि गर्ने सशस्त्र गतिबिधि हो । जनता र बैरीका बीचमा युद्ध हुने भएकाले जनताको पक्षबाट यसलार्ई जनयुद्धभन्दा सही हुन्छ । जनयुद्धकै क्रममा सत्तालार्ई मजबुत पार्नुपर्ने हुन्छ त्यसका लागि पार्टीको नेतृत्वमा नियमित जनसेना र मिलिसिया निर्माण गर्नुपर्ने अनिवार्य छ । कहीँ यसले दीर्घकालीन रुप लिन्छ भने कहीँ छोटो हुनसक्छ । त्यसैले कम्युनिस्ट पार्टीसँग सेना अनिवार्य रहेको हुन्छ । सेनासहितको कम्युनिस्ट पार्टीले र सर्वहारा वर्गले मात्र सारा शोषित, श्रमजीवि र न्यायप्रेमी जनताको मुक्ति गर्न सक्छन् । सर्वहारा वर्गको लागि जित्नुको कुनै बिकल्पनै छैन । यो सारा शोषित, श्रमजीवि र न्यायपे्रमी जनताको सचेत पहलमा आफ्नो मुक्तिको लागि संसारका सबै देशहरुमा समान ढङ्गले लागू हुने सार्वभौम नियम हो । मालेमावादले यही कुरा सिकाएको छ र यही नै माओवादको सार हो ।
नेपालमा जनयुद्ध विकसित भैरहेको बेला रिमको निर्णय भन्दै सबै देशहरुमा जनयुद्ध शुरु गर्न निर्देशन भएको थियो भनिन्थ्यो । माओवादीका सबैजसो नेताहरुले यो भन्ने गरेका थिए । के पनि भनिन्थ्यो भने विशेषतः अमेरिकाको कम्युनिस्ट पार्टीले जनयुद्धलार्ई व्यवहारिक बनाए संसारभरि नै जनक्रान्तिको लहर छाउनेछ । माओवादका नीति र निर्णयहरुलार्ई सबैदेशका कम्युनिस्ट पार्टीहरुले व्यवहारमा लगाउने हो भने मात्र पनि विश्वका सबै देशहरुमा जनक्रान्तिको लहर नै आउनेछ । कुनै पनि शक्ति राष्ट्रबाट कम्युनिस्ट पार्टीहरुले असुरक्षित महसुस गर्नुपर्ने छैन र शोषित पीडित श्रमजीवि जनताले असुरक्षाको महसुस गर्नुपर्ने छैन । जनताको मनोबल उठाउने सबैभन्दा उचित र सही कुरा यही नै हुनेछ ।

सचेत पहल भनेको माओवादी नीतिलार्ई सही ढङ्गले व्यवहारमा लागू गर्ने सवाल हो । त्यसको लागि आवश्यक तयारी पूरा गरेको पार्टी र त्यसको नेतृत्वमा वर्ग दुश्मनबिरुद्ध निर्णायक धक्का नै हो । बस्तुगत बिश्लेषको आधारमा मानिसको सचेत पहलमा निर्णायक धक्काले हरेक कुरामा रुपान्तरण सम्भव हुन्छ । सर्वहारा वर्गको लागि राज्यसत्ता कब्जामा लिएर ध्वस्त गर्नु अनिवार्य सर्त हुन्छ । त्यसैले कम्युनिस्ट पार्टी त्यही उद्देश्यका लागि अनिवार्य साधन हो । दासताबाट मुक्ति खोज्ने क्रममा सर्वहारा वर्गले यही साधन प्रयोग गरेर वर्ग दुश्मनविरुद्ध गर्ने गतिबिधिमा शोषक वर्ग पनि आक्रामक भएपछि हिंसात्मक घटनाहरु हुन थाल्दछन् । यो सम्पूर्ण प्रक्रियाहरु वर्ग संघर्ष हो । यसमा संलग्नवर्गहरुले आफ्नो भएभरको शक्तिको प्रयोग गर्न पुग्दछन् । शक्तिको प्रयोग गर्ने क्रममा सर्वहारा वर्गसँग शोषक बुर्जुवा वर्गको केही सीप लाग्दैन । त्यसैले सर्वहारा वर्गले वर्गसंघर्षलार्ई आफ्नो मुक्तिको सही बाटो ठान्ने गरेको छ । त्यसैले वर्गसंघर्षबाट कट्टिएको कम्युनिस्ट पार्टी पनि सारमा कम्युनिस्ट पार्टी रहेको हुँदैन । माओवादलार्ई आत्मसात नगर्ने, सशस्त्र हुन नखोज्ने अर्थात जनसेना निर्माणमा उदासीन, जनसत्ताको तयारीमा नरहेका र वर्गसंघर्षमा जाने साहस नभएका र अलमल गरिरहनेहरु सारमा कम्युनिस्ट पार्टी हैनन् । त्यस्ता पार्टीहरुलार्ई वर्गबिरोधीहरुले प्रयोगमा ल्याउने गर्दछन् । नेपालका सबैजसो कम्युनिस्ट नामका समूहहरु त्यसका उदाहरणहरु हुन । अहिले अन्य देशका सबैजसो समूहहरु पनि त्यस्तै अवस्थामा छन् । माओवादलार्ई व्यवहारमा उतार्ने हो भने जनक्रान्ति सम्भव छ उन्ने उनीहरुले बुझ्न सकेका छैनन् ।
वर्ग दुश्मन जनक्रान्तिलार्ई मानिसका दिमागबाट हराओस् भन्ने चाहन्छ । वर्ग दुश्मनले दिमागमा गोबर भरिदिएका कतिपय मानिसहरु जनक्रान्तिलार्ई अनावश्यक र असान्दर्भिक भएको बताउँछन् । सही ढङ्गको राजनीतिक व्यवस्थासँग सरोकार नराख्ने र राख्ने क्षमता नभएकाहरु जनक्रान्तिलार्ई हाउगुजी बुझ्ने गर्दछन् । सामान्य जनता वर्गसंघर्षलार्ई व्यवहारमा नलगीकन दासताबाट मुक्त हुने सवाल बुझ्न सक्दैनन् । आशालाग्दो अवस्था नदेखुञ्जेल मानिसमा दासता सहेर बस्ने आदत बनेको हुन्छ । आफ्नो पक्षमा जव वलिदान हुन शुरु हुन्छ तव सर्वहारा र श्रमजीवि जनसमुदाय जुर्मुराएर उठन थाल्छन् । त्यसैले कम्युनिस्ट पार्टीले यस्तो अवस्था सृजना गर्न आपूmलार्ई हमेशा तयारीमा राखेका हुन्छन् । कुन कम्युनिस्ट पार्टी हो वा हैन भनेर छुट्याउन यसलार्ई आधार मान्नु पर्दछ ।
मानिसहरुले व्यवहारबाट शिक्षा लिएका हुन्छन् । कम्युनिस्ट नीति र सिद्धान्त पनि जनताले कम्युनिस्टका व्यवहार हेरेर सिक्ने हो । करिव पौने २ सय वर्षको कम्युनिस्ट आन्दोलनका सकारात्मक र नकारात्मक दुबै स्थितिबाट जनताले कम्युनिस्ट शिक्षा पाएका छन् । नेपालको सन्दर्भमा पनि त्यही स्थिति हो । बेलाबेलाका वर्गसंघर्ष र पटक–पटकका वर्ग दुश्मनसँगका सम्झौताबाट दुबै खालका शिक्षा पाएका छन् । वर्गसंघर्षका घटनाहरुले सर्वहारा श्रमजीवि जनतालार्ई आशाका उज्याला दीप बालेका छन् भने सम्झौतामा अन्त्य भएका आन्दोलनहरुले तिनै मनहरुलार्ई निराशाका अँध्यारा कोठामा थन्क्याइदिएका छन् । त्यसैले वर्गसंघर्ष सर्वहारा विश्वविद्यालय हो, यसले सर्वहारा वर्गलार्ई दिक्षित बनाउँदै लान्छ भने सम्झौतावाद वर्गदुश्मनको सर्वहारा वर्गको बिरुद्धको खतर्नाक हतियार हो, यसलार्ई निर्ममतापूर्वक दमन नै गर्नुपर्दछ । त्यसैले किञ्चित रुपमा भन्न सकिन्छ कि सही ढङ्गले वर्गसंघर्ष सञ्चालन गर्न सक्ने सर्तमा जनक्रान्ति जुनसुकै देशमा सफलतामा पुग्ने निश्चित छ । अहिलेसम्मको शिक्षाले नेपालको सन्दर्भमा दृढताका साथ भन्न सकिन्छ कि प्रचण्ड–बाबुरामको बिसर्जन लगत्तै वर्गसंघर्षलार्ई व्यवहारिक रुप दिएको भए आजको स्थिति निश्चितै रुपमा हुने नै थिएन । अझै पनि वर्गसंघर्षलार्ई उठाउनुको सर्वहारा श्रमजीवि वर्गसँग कुनै अर्को बिकल्प छैन ।
जनक्रान्ति सफल पार्नको लागि कम्युनिस्ट पार्टीको सही बैचारिक राजनीतिक कार्यदिशा भनेको वर्ग दुश्मनको राज्यसत्ता ध्वस्त पर्ने उपरोक्त नीतिहरुलार्ई व्यवहारिक रुप दिएर संझौताहीन संघर्षमा आपूmलार्ई होम्नु हो । यो अनिवार्य सर्त हो । न्यूनतम लक्ष्य प्राप्तिका लागि रणनीति तथा कार्यनीति तयार गर्ने कार्य कम्युनिस्ट पार्टीको न्यूनतम अभिभारा हो । यसबाट कुने पनि बहानामा टार्ने नियत भएपछि त्यस्ता नेतृत्वले जनक्रान्तिको जिम्मेवारी पूरा गर्ने हैसियत राख्दैनन् । नेपालको सन्दर्भमा पनि यही हो । विद्यमान अवस्थाका कुनै पनि कम्युनिस्ट नामका पार्टीहरुले जनक्रान्तिको अभिारा पूरा गर्न सक्दैनन् । माओवादलार्ई आत्मसात गर्ने सवालमा यी पार्टीहरुले अपूmलार्ई अक्षम सावित गरिसकेका छन् । अरु त अरु भैहाले जो माओवादलार्ई अस्वीकृति जनाउँछन्, माओवादी हौं भन्ने केही पार्टीहरुले पनि माओवादलार्ई नयाँ बस्तुगत परिस्थितिका नाममा अर्था मरणासन्न साम्राज्यवादलार्ई उत्तर भैसकेको नाममा आपूmले अन्तरसंघर्षमा देखाएको कमजोरीको कारण पार्टी बिसर्जनवादमा पुग्दा जोगाउन नसकेको कुरा ढाकछोप गरिरहेका छन् । यो नियत भित्र क्रान्ति अव दूर बिषय बनाएका छन् । कुनैले रातो झण्डा उठाउनेसम्ममा आपूmलार्ई सिमित गरेका छन् । निर्णायक धक्काको क्रमबाट गुज्रन उनीहरुले हिम्मत देखाएका छैनन् । उनीहरुले भनेझैं न साम्राज्यवाद उत्तर भएको छ न त माओवाद नै । माओवादको आत्मसातीकरणमा देखिएको समस्यासँग जुधेर निर्णायक धक्का दिने कार्य अव नयाँ पुस्ताले गर्नुपर्छ । सचेत सर्वहारा अग्रदस्ताले माओवादी आन्दोलनको पुनर्गठन गरी दलाल पुँजीवादको नेतृत्वमा रहेको प्रतिक्रियावादी राज्यसत्तालार्ई जनयुद्धको निर्णायक धक्का हान्नु नै अहिलेको आवश्यकता हो । यो सचेत नयाँ पुस्ताका जवानहरुको नितान्त आवश्यकता र सम्भव रहेको नजिकको कार्यभार हो । यो सुझबुझका र अति गोपनियताका साथ सम्पन्न गर्नुसँग जनताको भविष्य जोडिएको छ ।
यसमा केही समस्याहरु पनि छन् । धक्काले हुने क्रमभङ्गता पछिका आवश्यक नीति र योजना पहिलै निर्माण गर्नु । यसलार्ई सुरक्षित जमघटमा सिमिग गर्नुमा वैज्ञानिक हुन्छ भन्न सकिन्छ । आफ्नो वर्गलार्ई जमघट हुनसक्नेगरी वर्गसंघर्ष अर्को चुनौति क्रान्तिकारीका लागि खडा छ । सबै मनमा गढेर बसेको पार्टीभित्र अवशरवाद पलाउनु, सामान्य मानिस जव हैसियत कायम गर्छ उसमा शासकीय स्वभाव पलाउनु, मानिसमा रुपान्तरणको समस्या जटिल बन्नु पनि प्रश् नबनेर खडा भएका छन् । यसका लागि नीति र विधि पनि निर्माण गर्नुपर्ने अनिवार्य आवश्यक छ तर यो जनक्रान्तिमा गौण पक्ष हो । अहिलेसम्म निर्माण भएका विकसित नीति र विधिलार्ई कार्यान्वयनमा लैजान जनयुद्धका बेला चुकेको स्थितिलार्ई यतिबेला मनन गर्नुपर्छ किनकि उपरोक्त समस्याहरुका आधार हुन् । सर्वहारा वर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले संगठनात्मक तथा फैजी नीतिहरु व्यवहारमा लाने कुरामा नै सबैभन्दा बेसी जोड दिनु पर्दछ, यसलार्ई एउटा व्यक्तिको दिमागमा कैद हुन दिनु हुन्न । यक्ति गर्नसके जनक्रान्ति अव टाढाको विषय होईन वा हुन सक्दैन ।

प्रतिक्रियाहरु