जनकपुरमा बम बिस्फोट, एकजना घाइते

२०७२ मंसिर ५ गते, शनिबार

काठमाडौ, ५ मंसिर । जनकपुरमा बम बिस्फोट हुदा एकजना घाइते भएका छन । जनकपुरको पिपरिया–४, माइस्थानमा टिफिन क्यारियरमा राखेको बम बिस्फोट हुँदा एकजना गम्भिर घाइते भएका हुन् । घाइते हुनेमा सिरहा, गौरीपुर–९ का १८ वर्षिय श्रवणकुमार यादव छन् । उनि नरेश यादवको घरमा डेरा गरी बस्दै आएका थिए । उनको कोठा बाहिर कसले बम राख्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रवणकुमारका साथीले कुनै अज्ञात व्यक्तिले छोडेर गएको टिफिन उचाल्दा बम बिस्फोट भएको बताएका छन् । गम्भिर घाइते यादवको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार