जग्गा बेचबिखन गर्न उक्साउनेलाई कारवाही !

२०७५ असार ३२ गते, सोमबार

काठमाडौं, ३२ असार । साउन १ गतेदेखि अनधिकृत खेतीयोग्य जग्गा बेचबिखन गर्न उक्साउने कर्मचारीको अभिलेख राख्ने र जग्गाको खण्डीकरणमा सहयोग पु-याउने बिचौलियालाई मालपोत र नापी कार्यालय प्रवेशमा रोक लगाइने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले प्रेश विज्ञप्ति जारी गरी सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् । सचिव मैनालीद्वारा जारी विज्ञप्तिमा गलत कामकाज गर्ने कर्मचारीको लगत राख्ने र शून्य सहनशीलताका आधारमाा कारवाही अघि बढाउन सर्वसाधारणको जानकारीका लागि विज्ञप्ति जारी गर्नुपरेको उल्लेख छ । विज्ञप्तिमा नापी र मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनाका साथै सम्बन्धित कार्यालयबाट विद्युतीय सेवामार्फत सेवाग्राहीका काम छिटोछरितो गर्न र गराउनुहुन निर्देशन गरिन्छ भनिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु