जंगली हात्तीलाई आम्दानीको स्रोत बनाइने !

२०७४ फाल्गुन १० गते, बिहीबार

काठमाडौँ, १० फागुन । झापाको दक्षिण क्षेत्रका बासिन्दाले जंगली हात्तीलाई नै आम्दानीको स्रोत बनाउने अभियान थालेका छन् । जंगली हात्तीले बालीनाली नष्ट गरेर घरसमेत भत्काउन थालेपछि स्थानीयले तिनै हात्तीलाई आम्दानीको स्रोत बनाउने योजना बनाएका हुन् । हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकासम्म फैलिएको जलथल जंगलको वरिपरि रिङरोड बनाउने र हात्तीलाई छेक्न रिङरोडमा विद्युतीय तार जडान गर्ने सोच उनीहरुले बनाएका हुन् ।
विद्युतीय तार नाघेर हात्ती गाउँमा पस्न नसक्ने भएकाले स्थानीयबासी चक्रपथ निर्माणको अभियानमा लागेका हुन् । एउटा सिमित क्षेत्रभित्रको जंगलमा हात्तीलाई राखेपछि पर्यटक प्रवद्र्धन गर्न सकिने विश्वासमेत स्थानीयले लिएका छन् । स्थानीयको यो प्रयासलाई जनप्रतिनिधिहरुले पनि साथ दिएका छन् । पहिलो चरणको कामअन्तर्गत अहिले ६ हजार ३ सय हेक्टर क्षेत्रफल रहेको जंगलवरिपरि ५० किलोमिटर लामो सडक बनाउने कामको सुरुवात भएको छ । सडक निर्माणका लागि हल्दिबारी गाउँपालिकाले मात्र २७ लाख रुपैयाँ विनियोजन गरेको छ । जंगल र मानव बस्तिका बीचमा बन्न सुरु गरेको सो पर्यटकीय सडक ५० फिट चौडाइको हुने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार