जंगली हात्तीको आक्रमणबाट मृत्यु

२०७२ असार १४ गते, सोमबार

काठमाडौं, १४ असार । भारतीय जङ्गलमा च्याउ टिप्न गएका कञ्चनपुरको दोधाराचादनी नगरपालिकाका एक स्थानीयको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आइतबार दोधाराचादनी नगरपालिका–३ बडुवाल टोलका ६५ वर्षीय बलबहादुर थापाको हात्तीले आक्रमण गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल दोधाराचादनीका प्रहरी निरीक्षक शङ्कर सिंह धामीले बताए ।
सीमा स्तम्भ नं १३ देखि दुई किलोमिटर भारतीय जङ्गलमा थापाको शव गोठालाले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
जङ्गलमा हात्तीले कुल्चेको खबर पाएपछि सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको संयुक्त टोलीले थापाको शव नाग्रा भन्ने ठाउँमा भेटाएका थिए । शव प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
सीमा क्षेत्रमा विगत लामो समयदेखि हात्तीले आतङ्क मच्चाउँदै आएको छ । बडुवाल टोल क्षेत्रमा भारतीय जङ्गलबाट आउने हात्तीले हालसम्म २५ भन्दा बढी परिवारको घर भत्काइसकेको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार