छेटौँ राष्ट्रिय विज्ञान दिवस मनाईंदै

२०७५ आश्विन १ गते, सोमबार

काठमाडौं, १ असोज । आज छेटौँ राष्ट्रिय विज्ञान दिवस मनाईंदैछ । दिवसको यस वर्षको नारा विज्ञान तथा प्रविधि दीगो विकास र समृद्धि भन्ने तय गरिएको छ । यो दिवस २०७० सालदेखि असोज १ देखि मनाउन थालिएको हो । विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संघसंस्थालाई उत्साह दिने र जनमानसमा पनि विज्ञानप्रतिको रुचि बढाउने उदेश्यले दिवस मनाउन थालिएको हो ।
नेपालमा उपलब्ध जनशक्तिबाट पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रगति गर्न सकिने सम्भावना भए पनि जनशक्ति परिचालन र व्यवस्थापनमा सन्तुलन मिलाउन नसक्दा उल्लेखनीय काम हुन सकेको छैन ।

प्रतिक्रियाहरु