छद्म संशोधनवाद क्रान्तिको क्यान्सर – महादीप पोखरेल

२०७१ बैशाख ७ गते, आईतवार


सन् १८४८ मा जारी गरिएको कम्युनिस्ट घोषणापत्रसँगै मानव जातिले संसारको व्याख्या गर्ने र संसारलाई बदल्ने सबैभन्दा क्रान्तिकारी र वैज्ञानिक हतियार मार्क्सवाद प्राप्त गर्न सफल भयो । ऐतिहासिक भौतिकवादी दृष्टिकोणद्वारा मार्क्सले मानव सभ्यताको विकासका क्रमहरुलाई वैज्ञानिक व्याख्या गर्नुभएको छ र समग्रमा मानव जातिको इतिहासलाई वर्गसंर्घष्ाको इतिहास भन्नुभएको छ । कम्युनिस्ट घोषणापत्र घोषणापश्चात् सन् १८६४ मा प्रथम अन्तर्रााट्रय गठन सँगसँगै मार्क्स, एंगेल्ससँग पियेर जोसेफ प्रुधो, बाकुनिनहरुसँग अन्तरसंर्घष्ा चलेको थियो । प्रुधो, बाकुनिनहरुले योजनाबद्धरुपमा र्सवहारा अधिनायकत्वको सिद्धान्तमाथि प्रहार गरेका थिए । लेनिन, स्टालिनकालमा मातौम, ट्राटस्की र पछिल्लो चरणमा ख्रुश्चेव होस् वा माओकालीन समयमा देङ मण्डलीसँग होस् अन्तर्रराट्रय कम्युनिस्ट आन्दोलनमा अन्तरसंर्घष र उत्थान, पतनको लामो इतिहास छ । नेपालमा पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीीठन भयो । पार्टीठन प्रक्रियाको समयमा मनमोहन अधिकारी, केशरजंग रायमाझीहरुचाहिँ मार्क्सवादी अध्ययन मण्डलीमा संलग्न थिए । पुष्पलालले मोतीदेवी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशीलाई राखेर पार्टोषणा गरेको चित्त बुझेको थिएन । मनमोहन, केशरजंग रायमाझीहरु पनि कम्युनिस्ट पार्टीोषणा गर्न चाहन्थे, उनीहरुकै पहलमा तर कलकत्ताबाट पहिल्यै पुष्पलालको घोषणा आयो । पछि उनीहरु सबैलाई मिलाएर केन्द्रीय कमिटी निर्माण गर्न भारतीय कम्युनिस्ट पार्टी सहजकर्ताको रुपमा कार्य गरेको थियो । पछि २००८ सालमा भएको राष्ट्रिय सम्मेलनमा पुष्पलालको नेतृत्व हटाएर मनमोहन अधिकारी नेतृत्वमा आएपछि नै नेपालको कम्युनिस्ट आन्दोलनमा संशोधनवादको बिजारोपण भएको छ । स्थापनाकालमा नेपाल कम्युनिस्ट पार्टी न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति र अधिकतम कार्यक्रम समाजवाद र साम्यवाद राखेको भए तापनि २००८ देखि २०२५ सालसम्म आउँदा राष्ट्रिय प्रजातन्त्र, संसदीय निर्वाचन, संसद् पुनर्स्थापना, राजाको वैधानिक नेतृत्व, पञ्चायतमा आत्मर्समर्पण, कुन बाटो, मूल बाटो हुँदै बाटो न घाटको भयो नेपालको कम्युनिस्ट आन्दोलन ।
२००६ देखि २०७० सम्म आउँदा पुष्पलालले सुरु गरेको कम्युनिस्ट पार्टीे घोषणा जुगेडीदेखि हर्रेेर्े आन्दोलन, डा. के. आई. सिंह व्रि्रोहदेखि पश्चिममा भीमदत्त पन्तको व्रि्रोह, २०२८ सालमा झापा सशस्त्र आन्दोलनदेखि २०५२ सालमा घोषणा भएको जनयुद्धपश्चात् अन्त्यमा एनेकपा -माओवादी) सँग सम्बन्ध विछेद गरी नेकपा-माओवादी घोषणासम्मको इतिहास क्रान्तिकारी आन्दोलनको इतिहास हो । २००८ सालदेखि मनमोहन, रायमाझीदेखि मदन भण्डारीसम्म र अन्त्यमा नवसंशोधनवादको रुपमा २०६४-६५ मा प्रचण्ड-बाबुरामको आत्मर्समर्पणको इतिहास संशोधनवाद हो । यी त भए कम्युनिस्ट आन्दोलनका मुख्य दर्ुइ प्रवृत्तिहरुको छोटो परिचय । म यहाँ आजसम्म कमै चर्चा भएको अर्को खतरनाक प्रवृत्तिको चर्चा गर्दैछु, त्यो हो छद्म संशोधनवाद के हो, छद्म संशोधनवाद र यो कसरी नेपालको कम्युनिस्ट आन्दोलनमा घुसेर रहेको छ, एकछिन चर्चा गरौँ । छद्म संशोधनवाद, संशोधनवादको गर्भ अवस्थमा हो । यो क्रान्तिकारी पार्टीीत्रै प्रवृत्ति, गुटको रुपमा रहेको हुन्छ । अजीण भएको बिरामीलाई तल र माथिबाट निस्कने दुगन्धित वायुले पहिचान दिएजस्तै क्रान्तिकारी पार्टीीत्र लुकेर बसेका यी दुनामीहरुलाई उनीहरुको व्यवहारबाट पहिचान गर्नुपर्दछ । नेपालको कम्युनिस्ट आन्दोलनभित्रको छद्म संशोधनवादलाई निम्नअनुसार प्रस्तुत गरिन्छ ।
१) २००६ सालमा पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टीठनपश्चात् २००८ सालसम्म छद्मभेषी मनमोहन र रायमाझीहरु क्रान्तिकारी आवरणभित्रै थिए, २००८ सालपछि २०१०, २०१३, २०१७ देखि कम्युनिस्ट पार्टीे तेस्रो महाधिवेशनसम्म आउँदा संशोधनवादी गद्दारको रुपमा स्थापित भए ।
२) २०२८ सालको झापा व्रि्रोहको जगमा खडा भएको नेकपा -माले) पनि व्यवहारतः क्रान्तिकारी पार्टीै थियो । सोही पार्टीीत्र छद्मभेषी क्रान्तिकारी रुपमा मदन भण्डारी, माधवकुमार नेपाल, खड्ग ओलीजस्ताले विस्तारै क्रान्तिकारी कार्यक्रम भएको तत्कालिन मालेलाई वर्गसंर्घष्ा, र्सवहारा, अधिनायकत्व र सशस्त्र संर्घष्ाको धारबाट अलग्याएर संशोधनवादी पार्टीमाले बनाए ।
३) २०५२ सालमा जनयुद्धको शंखघोष र न्यूनतम कार्यक्रम जनवादी राज्यसत्ता स्थापनाको उद्देश्य राखेर सशस्त्र आन्दोलनमा होमिएको नेकपा माओवादीको मुख्य नेतृत्व प्रचण्ड, बाबुरामले क्रमशः संविधानसभा बुर्जुवा गणतन्त्र र जनसेनाको विघटनसम्म आउँदा नवसंशोधनवादमा पतन भए । नवसंशोधनवादमा पतन अगाडिको कार्यकालमा यिनीहरु क्रान्तिकारी आवरणभित्र छद्म संशोधनवादको खेल खेलिरहेका थिए । तर, इमानदार कार्यकर्ता र जनताको अगाडि भने क्रान्तिकारी नायकझैँ नै देखिन्थे ।
४) एनेकपा -माओवादी) को नवसंशोधनवादमा पतनपश्चात् उक्त समूहसित व्रि्रोह गरी नेकपा-माओवादी गठन हुनु निश्चय नै क्रान्तिकारी कदम हो । तर, यो पार्टीीत्र कसरी छद्म संशोधवाद सक्रिय छ, एकछिन समीक्षा गरौँ ।
क) जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा निर्माण गरेको पार्टी पार्टीीठनको दुइ वर्षबितिसक्दा पनि जनयुद्धको जगजस्तै जनकम्युन, स्थानीय जनसरकार, जनअदालत, जनसेना पुनर्निर्माण गर्न सकेको छैन । अनि कुन जगमा उभिएर जनव्रि्रोह गर्नुहुन्छ – वर्गसंर्घष्ाका कार्यक्रम बनाउँदै नबनाउने, सेनाबिनाको कम्युनिस्ट पार्टीघसारिरहने र जनव्रि्रोहको राग पनि नछोड्ने प्रवृत्ति घोर रुपमा छद्म संशोधनवाद हो ।
ख) ट्रक-ट्रकमा हतियार ल्याएर जनतालाई बाँडिन्छ र जनव्रि्रोह गरिन्छ भनी भाषण ठोक्ने तर मौसमी आन्दोलन भने माथि उठ्न नसक्ने प्रवृत्तिलाई छद्म संशोधनवाद नभनेर के भन्ने –
ग) दोस्रो संविधानसभा निर्वाचन बहिष्कार र आन्दोलनको क्रममा सुरुमा निर्वाचनद्वारा गरिन्छ, त्यसपछि सक्रिय बहिष्कार र निर्वाचनको एक हप्ता अगाडि त शान्तिपूण् बहिष्कारको नारा नेतृत्व मण्डलीले दिएको हो कि होइन – काठमाडौँमा मुख्य नेतृत्वसहित २०० जनाको पनि बहिष्कार जुलुस किन निस्किएन । नेतृत्वहरुलाई राज्यले जन्मकैद हाल्छ भन्ने डरले आफ्नै डेरामा वा पार्टीार्यालयमा मासुभात खाएर सुतिबसेको इमानदार कार्यकर्ताले देखेका छैनन् र ! बहिष्कारको आन्दोलनमा घाइते भएर मोडल हस्पिटलमा उपचार गराइरहेका क्रान्तिकारीहरुप्रति कुपण्डोल र बुद्धनगरले गरेको उपेक्षा कसले बिर्से छ र – अझ निकृष्ट उदाहरण- एमाओवादी उम्मेदवारहरुलाई हटाउन काँग्रेस र एमालेसँग भएका लेनदेन, कुन राजनैतिक दर्शनले सिकायो, तपाईंहरुलाई – अझै पनि जनयुद्धको जगमा जनव्रि्रोहको राग अलापिरहनु भएको छ र आफूलाई अझै क्रान्तिकारी ठान्नु हुन्छ भने योभन्दा ठूला छद्म संशोधनवाद अरु हुनै सक्दैन ।
घ) जनवर्गीय संगठन र मोर्चाहरुमा इमानदार क्रान्तिकारी र संगठन निर्माणमा दुःख गर्नेहरुलाई पन्छाएर दलाल, भ्रष्ट, अवसरवादीहरुलाई पृष्ठपोषण गरिन्छ । फ्याक्सनका नाममा संस्थागत, गुटबन्दी र निषेधको व्यवहार गरिन्छ । तपाईंहरुको गलत कामको र्समर्थन नगर्नेलाई अराजक वा गुटबन्दीको आरोप लगाउने गरिन्छ । के यस्तो काम कुनै क्रान्तिकारी पार्टी त्यसको नेतृत्वले गर्छ – आफूलाई अझै क्रान्तिकारी हुँ भनी डंका पिट्नेहरु सबै छद्म संशोधनवादीहरु हुन् । राष्ट्रिय कर्मचारी संगठनको सम्मेलनको दौरानमा भएका घटनाहरु त धेरैलाई थाहा नै होला ।
ङ) क्रान्तिकारी नेता हुन वा कार्यकर्ता तिनको मुख्य काम हो, क्रान्ति गर्ने । उमेर, स्वास्थ्य र अन्य परिस्थितिले साथ दिएन भने विचार जीवित राख्दै र्समर्थक मात्र भएर बस्दा राम्रो किनभने क्रान्ति सफल पार्न विशाल र्समर्थकहरुको पनि भूमिका हुन्छ । क्रान्ति हाँक्न पनि नसक्ने, नेतृत्व पनि नछाड्ने कस्तो प्रवृत्ति हो – क्रान्ति गर्दा भर्खर जोरजाम गरेको सम्पत्ति र सुखसयल गुम्छ भन्ने पनि डर, क्रान्तिकारी भइराख्न भाषण र कुरा पनि गरिहनु पर्ने बाध्यता पनि छद्म संशोधनवाद नै हो ।
अन्त्यमा छद्म संशोधनवाद लामो समयसम्म रहिरहने दीघकालीन प्रवृत्ति होइन । यो संशोधनवादको गर्भ अवस्था वा पुतली बन्नु अगाडिको प्युपा जस्तै हो । यसको समयमै पहिचान र उपचार गर्नुपर्दछ । यसले ओढेको क्रान्तिकारी खोल च्यातेर वास्तविकरुप दुनियाँलाई देखाइदिनुपर्छ । यो कि सच्चिएर आउँछ कि यसको पतन चाँडै नै संशोधनवाद वा आत्मर्समर्पणमा भइहाल्छ । सबै खालका खराब विचार र आचरणसँग संर्घष गर्दै क्रान्तिकारी शक्तिको केन्द्रिकरण र निर्माण नै आजको अपरिहार्य आवश्यकता हो, सबलाई चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु