छठ पर्व सुरु अाज ‘खरना ‘

२०७५ कार्तिक २६ गते, सोमबार

काठमाडौं, २६ कात्तिक । आज छठ पर्वको दोस्रो दिन ‘ खरना ‘ मनाइँदै छ । आज गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर दिनभरी ब्रतालु निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ । आजको पूजामा केराको पातमा राखेर नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, पान र सुपारी आदि राखिन्छन् ।
छठको मुख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ र चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अघ्र्य दिई छठ समापन गरिन्छ । छठ पर्व पारिवारिक सुख, शान्ति, सन्तान प्राप्ती अनि चर्म रोग लाग्दैन भन्ने बिश्वासका साथ सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार