छठ पर्वको सम्पन्न

२०७५ कार्तिक २८ गते, बुधबार

काठमाडौं, २८ कात्तिक । आज छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न गरिएको छ । तराईका अधिकांश जिल्लासहित काठमाडौं उपत्यका र पहाड केही जिल्लाहरुमा हर्षोल्लासका साथ छठ मनाइएको हो । उदाउँदो र अस्ताउदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा व्रतालु महिला पुरुषले चोखो नितो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ । आज बिहान उदाँउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन भएको मानिन्छ । यसअघि हिजो साँझ देशभरका छठी घाटहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो । दिनभरको कठोर ब्रतसँगै अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राजभर जाग्राम बस्ने र बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि ब्रत समाप्त हुन्छ । तराईका सबै जिल्लाका छठी घाटहरुमा ब्रतालुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार