चौरजहारी बजार अनिश्चितकालका लागि बन्द

२०७१ भाद्र २७ गते, शुक्रबार


काठमाडौ, २७ भदौ । रुकुम चौरजहारी यातायातका पदाधिकारी तथा युवाहरुलाई पक्राउ गरेको विरोधमा चौरजहारी यातायात निकट समूहले रुकुमको चौरजहारी बजार अनिश्चितकालका लागि बन्द गरेको छ ।रुकुमको चौरजहारीमा रहेको चौरजहारी यातायात प्राइभेट लिमिटेड र सिस्ने हिमाल बस यातायात समितिका कर्मचारीबीच बिहीबार झडप भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।घाटाचौरमा पार्किङ गरिएका सिस्ने हिमाल यातायात समितिका ४ ओटा बस तोडफोड गर्ने चौरजहारी यातायातका १५ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।बन्दकर्ताले पक्राउ परेकालाई बिनाशर्त छोड्न माग गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु