चौथो धनकुटा महोत्सव फागुन २० देखि

२०७४ फाल्गुन १६ गते, बुधबार

काठमाडौं, १६ फागुन । फागुन २० गतेदेखि हुने चौथो धनकुटा महोत्सव र प्रदेश नम्बर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तिब्र पारिएको छ । मेला स्थलमा गेट निर्माण, स्टल निर्माणलगायत अन्य प्रचारप्रसारको कामलाई तिव्रता दिइएको हो । यही फागुन २० गतेदेखि ३० गतेसम्म धनकुटाको टुंडीखेलमा चौथो धनकुटा महोत्सव र प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला गर्न लागिएको हो । महोत्सवमा सहभागी हुनेहरुलाई पर्यटकीय स्थल अवलोकन गराउन हेलिकोप्टरको समेत व्यवस्था गरिने भएको छ ।

प्रतिक्रियाहरु