चौंथो लघु तथा घरेलु महोत्सव पुस ९ गतेदेखि

२०७१ पुष १ गते, मंगलवार

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले चौंथो लघु, घरेलु कृषि, वनजन्य औद्योगिक प्रदर्शनी एवं कफी, लप्सी तथा सुन्तला महोत्सव पर्वतको कुश्मामा गर्ने भएको छ ।महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरि प्रदर्शनी तथा महोत्सव पुस ९ गतेदेखि १५ गतेसम्म पर्वतको कुश्मामा गर्न लागेको जानकारी दिएको हो । महासंघले स्थानीय उत्पादनको उपभोग गरौं, लघु घरेलु उद्यमीलाई प्रोत्साहन गरौं भन्ने नाराका साथ गर्न लागिएको महोत्सवमा २ सय ५० भन्दा बढी उद्यमीका उत्पादन राखिने बताएको छ ।
डेढ करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा ८० प्रतिशत स्टल बुकिङ भैसकेको महासंघका अध्यक्ष सुरेश प्रधानले बताउनुभयो । अल्लोका कपडा, लोक्ताको नेपाली कागज, हस्तकलाका सामाग्री, कफी, सुन्तला, मह, जडिबुटी, ट्राउट माछा र अन्य कृषि उत्पादनका १ सय ५० वटा स्टल रहने महोत्सवमा भलिवल, छेलो फाल्ने, लठ्ठा तान्ने, लोकदोहोरी लगायतका प्रतियोगिता पनि समावेश गरिने छन् । महोत्सवमा जाने सबै अवलोकनकर्तालाई उपहारको व्यवस्था गरिएको छ ।
पर्वत जिल्ला लप्सी, सुन्तला र अल्लोका लागि प्रख्यात रहेकाले महोत्सव कुश्मामा राखिएको आयोजकको भनाइ छ । महोत्सव २ लाख मानिसले अवलोकन गर्ने आयोजकको अनुमान छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले ५ वर्षपछि महोत्सव गर्न लागेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार