चोर – कर्मसहि घर्ती मगर

२०७३ फाल्गुन ४ गते, बुधबार

जीवनको आधा बाटोमा
अकस्मात चोरी भए
मेरा सुनबुट्टे सपनाहरू ,
खोसिए मेरा रहरहरू !
म बेस्मारी चिच्याएँ
क्रोधाग्निको तरबार हातमा लिएर
संभाबित कोतपर्बको प्राङ्गनमा ;
थर्थराई रहेको थियो मेरो पाखुरा
सल्बलाई रहेको थियो
क्रोधाग्निको तरबार !!
सपना चोरीएको रिसले चूर भएको म ,
जब
चोरको खुट्टा काट् भनेर
क्रोधाग्निको तरबार माथि उठ्यो
संभाबित कोतपर्बको प्राङ्गनमा ;
तब
त्रसित मुद्रामा
मेरै साथिले खुट्टा माथि उचालेको देखेर
म छाँगाबाट खसे झैँ भएँ ,
क्रोधाग्ननिको तरबार पनि
मेरो बाहूबाट फुत्किएर भूईँमा झर्यो ;
मेरो साथि
बिनाचेत हाम्फाल्यो
मैले नदेख्ने गरि ।

प्रतिक्रियाहरु