चेरी फेशनवेयरको ठगीधन्दा !

२०७५ बैशाख ९ गते, आईतवार

काठमाडौं, ९ वैशाख । ललितपुर कुमारी पाटीस्थित चेरी लेडिज फेशन वेयर (chhery ladies fashion wear) ले सरकार र ग्राहकलाई ठगी गर्दै आइरहेको पीडित उपभोक्ताले बताएका छन् । कुमारी पाटीस्थित चेरी लेडिज फेसन वेयर (chhery ladies fashion wear) ले आफ्नो पसलबाट बिक्री गरेका कुनै पनि लुगा, ब्यागलगायतका सामानको बिक्री बिल दिने गरेको छैन । उक्त पसलमा बजार मूल्यभन्दा दोब्बर मूल्यवृद्धि गरी सामान राख्ने र ५० प्रतिशतसम्म छूट दिने र सेल अफर भन्दै ग्राहकलाई लुट्ने गरेको पीडित उपभोक्ताहरुको भनाइ छ । उक्त पसलले गुणस्तरहीन सामग्री महँगो मूल्यमा बिक्री गर्ने ग्राहकलाई भ्याटबिल नदिने र सरकारलाई राजस्व समेत छली गर्दै आइरहेको पाइएको छ । उक्त पसलमा सामान खरिद गरेपछि भ्याट बिल माग्दा आपूmसँग नभएको पसल सञ्चालिकाले बताउने गरेको पीडित ग्राहकको गुनासो रहेको छ । सरकारले लत्ता, कपडालगायत बिक्री गरेपछि भ्याट बिल दिनुपर्ने नियम बनाएको छ । तपाईं किन भ्याट बिल दिनुहुन्न भन्दा पसल सञ्चालिकाले यस क्षेत्रका कसैले पनि भ्याट बिल दिँदैनन्, त्यही भएर म पनि भ्याट बिल कहिल्यै काट्दिन भन्ने जवाफ दिएको पीडित ग्राहकको गुनासो छ । पसल सञ्चालिकाको जवाफ सुन्दा उक्त पसल कुनै पनि सरकारी निकायमा दर्ता नभएको र उसले हालसम्म कुनै राजस्व नतिरेको प्रमाणित हुन्छ । यसरी देशको केन्द्रभागमा बसेर व्यापारका नाममा जनता लुट्ने र राजस्व छल्ने व्यापारीलाई तत्काल सम्बन्धित निकायले छानबिन गरी कारवाही गर्नुपर्ने पीडित ग्राहकको माग रहेको छ । यस सम्बन्धमा हाम्रो खोजी जारी रहनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु