चुनावी हिंसा: सयौ मारिए

२०७५ असार ३० गते, शनिबार

काठमाडौं, असार ३० । पाकिस्तानमा चुनाव लक्षित हिंसामा मारिनेको क्रम झन् बढेको छ । पछिल्लो पटक गरिएको आत्मघाती बम आक्रमणमा १ सय ३२ जना मारिएका छन् । १ सय ८० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यही महिनाको २५ तारिकमा हुने निर्वाचनको चुनावी प्रचार कार्यक्रममा दुई वटा आत्मघाती बम विस्फोट गराइएको हो ।
बलुचिस्तानमा बलुचिस्तान अवामी पार्टीका उम्मेदवार नवाबजाद सिराज रइसानीको चुनावी कार्यक्रमलाई लक्षित गरी मस्तुङ क्षेत्रमा एउटा आत्मघाती बम विस्फोट गराईंदा १ सय २८ जना मारिएका हुन् । उक्त घटनामा अरु १ सय ५० जनाभन्दा बढी घाइते भएका छन् ।
यसअघि अर्को स्थानमा मोटरसाइकल बम विस्फोट गराइँदा ४ जना मारिनुका साथै ३० जना बढी घाइते भएका थिए । घटनापछि त्यहाँको सरकारले संकटकालको घोषणा गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु