‘चुनाब लुटतन्‍त्रको राज फर्काउने कार्य’

२०७४ बैशाख १२ गते, मंगलवार

काठमाडौं, १२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्यूरोले काठमाडौंमा आयोजना गरेको स्थानीय चुनाब खारेजी अभियान अन्तर्गत गरेको जनसभा सम्पन्न भएको छ । देशभर चुनाव बहिस्कार अभियान सुरु गरेको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंको शान्तिवाटीकामा सो सभा गरेको हो ।
सभालाई नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै पार्टीका स्थायीय समिति सदस्य धर्मेन्द्र बास्तोलाले चुनाब लुटतन्‍त्रको राज फर्काउने कार्य भएको ठोकुवा गर्दै जस्तो सुकै मूल्य चुकाएर भए पनि चुनाव खारेज गर्ने बताए । सभालाई सम्बोधन गर्दै स्थायी समिति सदस्य हेमन्त ओली ‘सुदर्शन’ले शान्तिपूर्ण पार्टीका गतिविधिमाथिको हस्तक्षेप नरोके अान्दोलनको रुप परिवर्तन गर्न बाध्य हुने बताए साथै सो सभालाई सम्बोधन गर्दै पोलिट्ब्युरो सदस्य तथा महिला नेतृ उमा भुजेलले माओवादी केन्द्रले स्थानीय चुनाव गरेर सिंहदरवारका दलाल गाउँगाउँ पुर्‍याउन लागेको बताइन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु