चुडामणिको घरमा बम बिस्फोट !

२०७४ आश्विन २ गते, सोमबार

काठमाडौ, २ असोज । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फर्छ्यौट आयोगका सदस्य चुडामणि शर्माको घरमा विस्फोट भएको छ । महाभ्रष्टाचारीको उपमा पाएका शर्माको बूढानीलकण्ठमा रहेको बंगलामा सोमबार विहानै अज्ञात समूहले सिलिण्डर बम विस्फोटको प्रयास भएको छ । विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको जनाइएको छ । घटना स्थलमा विद्युतीय तार र अन्य केही बस्तु फेला परेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शर्माले कर फर्छ्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । शर्मालाई गैरकानूनी तवरले पक्राउ गरिएको भन्दै सर्वोच्चले थुना मुक्ता गर्न आदेश दिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार