चीन सरकारको विरोध गर्दै हङकङमा पुन: प्रदर्शन

२०७७ बैशाख ३० गते, मंगलवार

काठमाडाैं, ३० वैशाख । चीनकै नियन्त्रणमा रहेको हङकङमा प्रदर्शनकारीहरुले अत्याधिक ठूलो संख्यामा चीन सरकारको विरोध गर्दै प्रदर्शन तथा जुलुस गर्ने गरेका छन् । चीनले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाउँदै बिगत लामो समयअघिबाट हङ्कङमा प्रदर्शन हुँदै आएका छन । कोरोना भाइरसको महामारी पश्चात प्रदर्शन केही मथ्थर भएको थियो । तर कोरोना भाइरस पूर्ण रुपमा निराकरण नभई यहाँका नागरिक पुन: प्रदर्शन गर्दै सडकमा उत्रिएका छन् । आइतबार राती हङकङ शहरमा सयौं जनाले प्रजातान्त्रि मूल्य मान्यताको रक्षाका लागि नाराबाजी गरेका स्थानीय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।
त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको बताइएको छ । चीन विरोधी नाराबाजी गर्ने २ सय बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको त्यहाँका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
प्रदर्शनका क्रममा केही सवारीसाधनहरु समेत जलाइएका छन् । नियन्त्रणमा परेका सबै प्रदर्शनकारीहरु हङकङको मोङकोक जिल्लाका रहेका त्यहाँका स्थानीय मिडियाहरुले लेखेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु