चीन र अमेरिकाबीच युद्ध !

२०७५ असार ३ गते, आईतवार

काठमाडौँ, ३ असार । चीनले आफ्नो देशको बौद्धिक सम्पति चोरी गरेको आरोप लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बस्तुमाथि कर बढाएसँगै दुई देशबीच व्यपार युद्ध सुरु भएको छ । स्टील–आल्मुनियमको कर बढाएर आफ्नै सहयोग देशहरुबाटै चर्को आलोचना भइरहेको बेला ट्रम्पले चीनबाट आयात हुने बस्तुमा करिब २५ प्रतिशत कर बढाएका हुन् । योसँगै चीन र अमेरिकाबीच मनमुटावमात्रै होइन ब्यपार युद्धको अवस्था सिर्जना भएको छ ।
अमेरिकासँग आक्रामक भएको चीनको पक्षमा पक्षमा अमेरिकाकै अदालतले फैसला गरेको छ । चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा अमेरिकी एक महिलालाई २५ वर्ष जेल सजाय तोकिएको छ ।
अमेरिकाको एरिजोना राज्यकी होली डेभिसले चीनका १९ वर्षीय विद्यार्थी जियान सुको हत्या गरेको पुष्टि भएको हो । अमेरिकाको एरिजोना राज्यमा होलीले सन् २०१६ मा सो हत्या गरेकी थिइन् । उनलाई शुक्रबार एरिजोना राज्यको अदालतले उक्त कारबाही सुनाएको थियो । सुको हत्या गरेर फरार रहेकी ती महिलालाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । उनको अभियोग प्रमाणित भएसँगै २५ वर्षको सजाय सुनाइएको हो ।

प्रतिक्रियाहरु