चीनसँग रसुवागढी र हुम्लाको हिल्सा नाका खुल्दै

२०७१ आश्विन ५ गते, आईतवार


काठमाडौ, ५ असोज । गृह मन्त्रालयले चीनसँग थप दुई नाका खोल्ने तयारी गरेको छ । रसुवाको रसुवागढी र हुम्लाको हिल्सामा नयाँ नाका खोल्न लागिएको हो । रसुवागढीमा १५ असोजबाट अध्यागमन कार्यालय खोल्ने गृह मन्त्रालयको तयारी छ । अध्यागमन विभागका महानिर्देशनक सुदर्शन ढकालका अनुसार कार्यालय खोल्न अन्तिम तयारी भएको छ । हिल्सामा अध्यागमन कार्यालय खोल्ने निर्णय भए पनि केही समय लाग्ने विभागले जनाएको छ ।
रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्र्याउन सरकारले अध्यागमन कार्यालय खोल्न लागेको हो । चीनसँगको सिमानामा सिन्धुपाल्चोकको तातोपानीमा मात्रा अध्यागमन कार्यालयसहितको नाका छ । रसुवागढी नाका तातोपानी नाकाबाट भन्दा धेरै आयात–निर्यात हुने तथा पर्यटक आगमन बढ्ने अध्यागमन अधिकारीहरुले बताएका छन् । ‘अब चीनसँगको मुख्य व्यापारिक नाका बन्न गइरहेकाले अध्यागमन कार्यालय खोल्न लागेको हौं, अध्यागमन विभागका महानिर्देशक ढकालले भने । चिनिया पक्षले समेत नाका खुलाउन सहमति जनाएपछि अध्यागमन विभागले कार्यालय खोल्न बजेट मागेको छ ।

प्रतिक्रियाहरु