चीनले म्यानमारमा बन्दरगाह बनाउने

२०७५ कार्तिक २४ गते, शनिबार

काठमाडौँ, २४ कात्तिक । चीन र म्यानमारबीच बन्दरगाह निर्माणमा सम्झौता भएको छ । सम्झौताअन्तर्गत चीनले म्यानमारको क्याप्युमा आधुनिक बन्दरगाह निर्माण गर्ने भएको हो । बंगालको खाडीमा जोडिने क्याप्युमा निर्माण हुने बन्दरगाह चीनको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’परियोजना अन्तर्गत रहेको बताइन्छ । यता, भारतले भने चीन र म्यानमारबीच भएको उक्त सम्झौतालाई रणनीतिक रुपमा व्याख्या गरेको छ । साना मुलुकमा लगानी बढाएर चीनले ती मुलुकलाई आफ्नो प्रभावमा पार्न खोजेको भारतको आरोप छ ।
यसअघि चीनले पाकिस्तानको ग्वादरमा यस्तै बन्दरगाह निर्माणका लागि सम्झौता गरेको थियो । त्यस्तै श्रीलंकाको हम्बनटोटा बन्दरगाह ९९ वर्षका लागि चीनले भाडामा लिएको छ । यसअतिरिक्त बंगलादेशमा पनि चटगाउँस्थित एक बन्दरगाहमा चिनियाँ सहयोग निरन्तर रहँदै आएको छ । भारतले विभिन्न मुलुकमा बढ्दो चिनियाँ लगानीलाई आफूविरुद्धको ध्रुवीकरण ठान्ने गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार