चीनले बनायो चालकवीहिन यात्रुबस

२०७२ आश्विन १६ गते, शनिबार

काठमाडौँ । इन्टरनेट कम्पनी गुगलले चालकविहीन कारको परीक्षण गरिरहेको छ । तर, गुगललार्ई माथ दिँदै चीनले भने विश्वमै पहिलोपटक चालक विहीन यात्रुबाहक बस गुडाइदिएको छ । चिनियाँ गाडी निर्माता कम्पनी युटोंगले पहिलो पटक निर्माण गरेको चालकरहित बस खचाखच यात्रुहरू बोकेर ३२ किलोमिटर सफलतापूर्वक गुडेको छ । पूर्णतः स्वचालित यो बस गुड्ने क्रममा कुनै पनि मानवीय सहायता यसलार्ई आवश्यक परेन । हेनान प्रान्तको सडकमा यो बसको परीक्षण गुडान भएको हो । १०.५ मिटर लामो यो बसले झेंगझोउ सहर र केइफेंग सहरसम्मको दूरी पार गरेको हो । यो यात्रुबाहक बसले ३२ किलोमिटरको दूरी पार गर्ने क्रममा २६ पटक ट्राफिक लाइटबाट गुज्रियो । त्यस्तै लेन पनि परिवर्तन ग¥यो र अर्काे गाडीलार्ई ओभरटेक गर्नसमेत सफल भयो । यो ड्राइभरलेस बसको प्रथम परीक्षण सफल भए पनि अझै व्यवसायिक रूपमा सडकमा उतारिने भने छैन र अझै पनि प्रयोगमै रहनेछ । चाइनिज एकेडेमी अफ इन्जिनियरिंगका इन्जिनियरहरू यो बसको निर्माणमा खटिएका थिए । सन् २०१२ देखि यो बसको निर्माण सुरु भएको थियो । स्मरण रहोस् विश्वकै पहिलो चालकरहित बस निर्माण गर्ने युटोंग चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी पनि हो ।
योे चालकविहीन बसमा दुइवटा क्यामरा, ४ वटा लेजर राडार, एक सेट मिलिमिटर वेभ राडार तथा एकीकृत नेभिगेसन सिस्टम रहेको छ । कम्पनीका अनुसार यो कार ड्राइभर विना आफै चल्ने मात्र होइन, मानिसले चलाउनसमेत सकिने सिन्हवाले जनाएको छ ।

प्रतिक्रियाहरु