चीनले अनुदानमा दिएको सबै पेट्रोल नेपाल भित्रियो

२०७२ मंसिर ३ गते, बिहीबार

काठमाडौं, ३ मंसिर । चीनले अनुदानमा दिएको सबै पेट्रोल हिजो सांझ नेपाल भित्रिएको छ । हिजो केरुङ नाका हुंदै ३५ वटा ट्याङकरबाट बांकी रहेको ३ लाख २२ हजार लिटर पेट्रोल नेपाल ल्याइएको हो । उक्त सबै पेट्रोल रसुवागढीबाट बिहीबार काठमाडौं ल्याईंदै छ । भन्सार जाँचपास गरी तिर्नुपर्ने बाँकी ५ लाख ४५ हजार रकम समेत चुक्ता भएको रसुवा भन्सार कार्यालयका प्रमुख केदार पनेरुले जानकारी दिए ।
चीनले नेपाललाई अनुदानमा १३ लाख लिटर पेट्रोल उपलब्ध गराएको थियो । नेपाली ट्याङकरले अफ्ठारो बाटो पार गर्दै चीनको केरुङ भन्दा ४ किलोमिटर माथि पुगेर इन्धन भरी नेपाल आएका थिए ।
नेपाल भित्रिएका सबै पेट्रोल थानकोट डिपोमा राखिएको छ । चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थ युरो स्ट्यान्डर चार रहेको नेपाल आयल निगमले जनाएको छ । साँघुरो सडक र कच्ची बाटो भएकाले १२ हजार लिटर क्षमता भएका नेपाली ट्याङकरले ७ देखि ९ हजार लिटरका दरले पेट्रोल ढुवानी गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार