चीनले अति संवेदनशील तथ्यांक ह्याक गरेको आरोप

२०७५ जेष्ठ २६ गते, शनिबार

काठमाडौं, २६ जेठ । अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई)ले चीन सरकारले नौसेनाको ठेकेदारबाट अति संवेदनशील तथ्यांक ह्याक गरेको आरोप लगाएको छ ।एफबीआईले आवाजको गतिमा उड्ने सुपरसोनिक मिसाईल परियोजनाको जहाजसम्बन्धी सूचना चोरी गरेको दाबी गरेको हो । गत जनवरी र फेब्रुअरीमा तथ्यांकमाथि आक्रमण भएको अमेरिकी सञ्चार संस्था सीबीएस न्युजले जनाएको छ । अमेरिकी सेनासँग सम्बन्धित ठेकेदार कम्पनीको तथ्यांक चोरी गरी अमेरिकी सेनाको पनडुब्बी र पानीमुनि प्रयोग गरिने हतियारको अनुसन्धान र विकासमा भएको अध्ययनको तथ्यांक संकलन गरेको आरोप लगाइएको छ । रोड आइल्याण्डको न्युपोर्टमा रहेको सैन्य क्याम्पको सुचना चोरी भएको अमेरिकी अधिकारीको दाबी छ । चीनले बनाएको सी ड्रयागन नाम दिइएको पनडुब्बिका लागी अध्ययन भइरहेको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार