चीनमा शृङ्खलाबद्ध बम विस्फोट

२०७२ आश्विन १४ गते, बिहीबार

काठमाडौं, १४ असोज । चीनको गुआग्सी प्राप्तस्थित दापु शहरमा भएका शृङ्खलाबद्ध बम विस्फोटमा ७ जनाको मृत्यु भएको छ । शहरका विभिन्न स्थानमा भएका १७ वटा बम विस्फोटमा अन्य ५० जनाभन्दा बढी घाइते भएका छन् ।
विभिन्न सरकारी कार्यालय, एउटा जेल र एउटा सुपरमार्केटमा समेत पार्सल बम राखिएको अधिकारीहरुले जनाएका छन् । प्रहरीले दुई घण्टाको अवधिमा शहरका विभिन्न स्थानमा बम विस्फोटका घटना भएको जनाएको छ । बम विस्फोट कसले गराएको हो भन्ने खुल्न नसकेको अधिकारीहरुले बताएका छन् । चीनको राष्ट्रिय दिवसको एक दिनअघि गराइएको बम विस्फोटमा स्वतन्त्रता पक्षधरको हात रहेको हुनसक्ने आशंका गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु