चीनमा शटन पर्व धुमधाम मनाइयो

२०७१ भाद्र १० गते, मंगलवार


काठमाडौं, १०भदौ । चीनमा प्रत्येक बर्ष आयोजना हुँदै आएको शटन पर्व यो बर्ष पनि आयोजना गरियो । दक्षिणी चीनको द्रिपुङमा आयोजना गरिएको पर्वमा सयौं बौद्धधर्मावलम्बीहरुले सहभागिता जनाए । तिब्बत लगाएत बिश्वका बौद्धधर्मावलम्बीहरुको उपस्थिति रहेको पर्वमा भगवान गौतम बुद्धको आकृतीको बिशाल थान्का प्रदर्शन गरिएको थियो । सयौ कलाकारहरुले तयार पारेका नकै नै आकर्षक थान्का अवलोकनका लागि पर्यटकहरुको घुइचो लागेको थियो । यसैबीच, पर्वमा तिब्बती बौद्ध धर्मावलम्बीहरुले परम्परागत नाच प्रदर्शन समेत गरेका थिए । पर्वमा भगवान गौतम बुद्धको गुनगान गर्नुका साथै प्रार्थना पनि गरिएको थियो ।

प्रतिक्रियाहरु