चीनमा शक्तिशाली आँधी, ७८ जनाको मृत्यु

२०७३ असार १० गते, शुक्रबार

काठमाडौँ, १० असार । चीनमा गएको शक्तिशाली आँधीमा परेर ७८ जनाको मृत्यु भएको छ भने झन्डै पाँच सय घाइते र दुई सय जनाको अवस्था गम्भीर भएको बताइएको छ । पूर्वी चीनको जियाङग्सु प्रान्तमा आँधीका कारण धेरै मानिस प्रभावित भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जियाङग्यु प्रान्तको याचेंग शहरमा धेरै घर भत्किएका छन् । चीनको धेरैजसो भूभागमा यो हप्ता मुसलधारे वर्षा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै चीनको मध्य क्षेत्रमा बाढी आउँदा २२ जना जनाको मृत्यु भएको र दुई लाख मानिस विस्थापित भएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु