चीनमा बन्दै गरेको कोरोनाविरुरद्धको भ्याक्सिन उपयोगी हुने सम्भावना !

२०७७ जेष्ठ १८ गते, आईतवार

काठमाडाैँ, १८ जेठ । कोरोना भाइरसको भ्यक्सिन अब सबैभन्दा पहिले चीनले नै वितरण गर्ने भएको छ । वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार गर्दै गरेको कोरोनाविरुरद्धको भ्याक्सिन उपयोगी हुने ठूलो सम्भावना रहेको छ । यो अर्थमा हेर्दा यदि मानवमा परीक्षण सफल भएमा जुन मुलुकबाट कोरोना फैलियो त्यही मुलुकले विश्वलाई यसविरूद्धकाे भ्याक्सीन पनि उपलब्ध गराउने देखिन्छ । चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले यसको सम्भावनाबारे व्यक्त गरेको छ । उसले अहिले दोस्रो चरणमा रहेको भ्याक्सिन परीक्षण सफल भएमा यही वर्षको डिसेम्बर सम्म सर्वसाधारणकाे प्रयाेगका लागि बजारमा ल्याउने र विश्वलाई वितरण गर्नसक्ने उल्लेख गरेको छ ।
पहिलाे चरणमा यो भ्याक्सिन दुई हजार व्यक्तिमाथि ट्रायल गरिएकोमा सफल भएको बताइएकाे छ । र अहिले यो भ्याक्सिन दोस्रो ट्रायलमा छ । यसअघि मार्च २९ मा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा यस भ्याक्सिनबारे जानकारी दिइएको थियो । परीक्षणमा रहेकाे उक्त भ्याक्सीन यसै वर्षको अन्त्य वा अर्को वर्ष (सन् २०२१) को सुरुवातमा बजारमा आउन सक्ने बीबीसी हिन्दी ले समेत उल्लेख गरेकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु