‘चीनमा बनेको कोरोना भाइरसविरुद्धको खोप प्रभावकारी र सुरक्षित’

२०७७ जेष्ठ १० गते, शनिबार

काठमाडौं १० जेठ । चीनमा निर्मित खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित देखिएको अनुसन्धानकर्ताले बताएका छन् । प्रारम्भिक प्रतिवेदनमा खोप कोरोना भाइरसको संक्रमणबाट मानिसलाई जोगाउन सफल देखिएको र सुरक्षित पनि रहेको अनुसन्धानकर्ताले बताएका हुन् ।
द ल्यानसेट जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार चीनमा बनेको खोपले सकारात्मक नतिजा दिएको छ । खोपको १८ देखि ६० बर्ष उमेर समुहका १ सय ८ जनामा पहिलो चरणको परीक्षण गरिएको छ । खोपको एक मात्रा दिइएका ब्यक्तिमा दुई हप्तामै रोग प्रतिरोधात्मक कोसिाका बनेको बताइएको छ । खोप दिएको २८ दिनमा प्रतिरोधात्मक क्षमताका लागि आवश्यक पर्ने एन्टिबडी उच्च तहमा पुग्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । मानिसलाई दिनु सुरक्षित छ कि छैन भन्ने थाहा पाउन खोपको पहिलो चरणको परीक्षण गरिएको हो । खोपको प्रभावकारिता थप स्थापित गर्नका लागि हजारौँ मानिसमा परीक्षण गर्न आवश्यक हुने अनुसन्धानमा सग्लन विज्ञहरुको भनाइ छ । यसअघि अमेरिकी कम्पनी मोर्डेनाले पनि आफुले बनाएको खोप सुरक्षित र प्रभावकारी रहेको दावी गरेको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु