चिसो बढ्यो, उपत्यकाको तापक्रम माइनसमा झर्न सक्ने

२०७५ मंसिर २४ गते, सोमबार

काठमाडौं, २४ मंसिर । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै सोमबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार उपत्यकाको तापक्रम वर्षकै सबैभन्दा कम मापन गरिएको छ । सोमबार काठमाडौंको न्यूनतम् तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको छ ।
तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौंको तापक्रम केही दिनमै माइनसमा झर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ । अहिलो पानी पर्ने कुनै सम्भावना नरहेको विभागका मौसविद् गंगा नगरकोटीले जानकारी दिए । अहिले सिमरा, ताप्लेजुङ, जुम्लाको तापक्रम माइनसमा झरेको छ । त्यस्तै, विराटनगरको न्यूनतम् तापक्रम १०.४ डिग्री सेल्सियस र अधिकतम् तापक्रम २८.५ डिग्री मापन गरिएको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार