चिनियाँ विदेशमन्‍त्री वाङ राजनीतिक भेटवार्तामा व्यस्त

२०७६ भाद्र २३ गते, सोमबार

काठमाडाैं, २३ भदाै । नेपाल भ्रमणामा रहेका चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी सोमबार बिहान चिनियाँ दूतावासले आयोजना गरेका आन्तरिक ब्रिफिङ र दिवा भोजमा सरिक हुँदैछन् । त्यसपछि उनले नेपाली पक्षसँग दुईपक्षीय औपचारिक वार्ता गरेर भेटघाट गर्ने कार्यतालिका छ। सोमबार साढे तीनदेखि पउने पाँचसम्म नेपाल र चीनबीच दुईपक्षीय मन्त्रीस्तरीय वार्ता हुनेछ। नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ताको तयारी छ। त्यसलगत्तै दुई पक्षीय प्रतिनिधि मण्डल बीचमा दुई सम्झौतामा हस्ताक्षर हुनेछ। सामान्य सहयोग सम्बन्धी सम्झौता रहेको बताइएको छ। बैठक सकिए लगत्तै वाङ केपी ओली भेट्न बालुवाटार पुग्नेछन्। त्यो भेटको लागि एक घण्टा समय छुट्याइएको छ। उनले त्यहा प्रधानमन्त्रीसँग एक्ला एक्लै पनि भेट्ने कार्यक्रम छ।
प्रधानमन्त्रीसँगको भेट सकिएपछि राष्ट्रपपिलाई भेट्न शीतल निवास पुग्नेछन। त्यहाँ पनि उनलाई ३० मिनेटको समय दिइएको छ। राष्ट्रपति भेटपछि उनी नेपाल समकक्षी प्रदीप ज्ञवालीले दिने रात्री भोज (बैक्युट) मा सहभागी हुनेछन्। रात्री भोजको कार्यक्रम याक एण्ड यति होटलमा तय भएको छ। उनले त्यहाँ एक घण्टा भन्दा बढी समय बिताउने र त्यसपछि सिधै द्वारिक आएर आराम गर्ने कार्यक्रम छ।
यस्तै, मंगलवार राजनीतिक भेटघाटको कार्यक्रम नक्सालको मेरियट होटलमा गर्ने तय भएको छ। उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार बिहान मेरियट होटलमा छुट्टा छुट्टै भेट्ने कार्यक्रम छ। दुवै नेतालाई आधा आधा घण्टा भेट्ने बताइएको छ। उनीहरुलाई भेटेपछि वाङ द्वारिका होटल फर्कने छन्। द्वारिकामा लन्च गरेर उनी बेइजिङको लागि एअरपोर्ट पुग्ने कार्यक्रम छ। पूर्वप्रधानमन्त्री र केही मधेसवादी दलका नेतासँग उनले परराष्ट्रमन्त्रीले दिएको रात्री भोजमा नै सामूहिक रुपमा भेट गर्नेछन्।

प्रतिक्रियाहरु