चिनियाँलाई रुद्राक्ष खरिद गर्न रोक

२०७३ कार्तिक ७ गते, आईतवार

काठमाडौ, ७ कात्तिक । चिनियाँ व्यपारीलाई गाउँमा पुगेर रुद्राक्ष खरिद गर्न रोक लगाइएको छ। चिनियाँ रुद्राक्ष खरिदको बहानामा संखुवासभाका गाउँगाउँमा पुगेर विभिन्न गतिविधि गरेको भन्दै रुद्राक्ष व्यवसायी संघले गाउँमै गुगेर रुद्राक्ष खरिद बिक्री गर्न रोक लगाएको छ।
व्यवसायी संघको शनिबार बसेको बैठकले चिनियाँले नेपालीलाई भ्रममा पार्न र रुद्राक्ष खदिरका नाममा विभिन्न क्रियाकलाप गर्ने गरेको निष्कर्षसहित गाउँ नपस्न आग्रह गरी प्रशासन कार्यालयलाईसमेत जानकारी गराउने निर्णय गरेको हो।
रुद्राक्ष खरिद गर्न आएका अधिकांश चिनियाँ पर्यटक भिसामा आउने गरेको र गाउँगाउँसम्म पुगेर रुद्राक्ष खरिद गरेको व्यवसायी संघको भनाइ छ । उनीहरुले जिल्ला विकास समितिबाट निकासी अनुमतिपत्र पनि लिएका छैनन्। उनीहरुमा व्यापारिक गतिविधि नपाइएको संघको आरोप छ।- कान्तिपुर दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार