चिनले थप ६ वटा जहाज दिने

२०७१ श्रावण ५ गते, सोमबार


काठमाडौ, ५ साउन । चीन सरकारले नेपाल वायु सेवा निगमलाई थप ६ वटा जहाज दिने भएको छ । चीनले गत वर्षकै प्रकृतिको अनुदान र सरल ऋणमा जहान दिन लागेको हो । गत वर्ष दिने भनिएका ६ वटा जहाज आगामी कात्तिकभित्र नेपाल आइसक्ने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय स्रोतका अनुसार चीनले एम ए ६० दुइवटा र चारवटा वाई १२ जहाज नै दिनेछ ।
नेपाल र चीन सरकारबीच छलफल चलेपछि निगमले मन्त्रालयलाई केही साताअघि ६ जहाजका लागि प्रस्ताव समेत पठाइसकेको छ । मन्त्रलयले माग गरेअनुसार केही समयअघि नै ६ वटा जहाजका लागि प्रस्ताव पठाइसकेको निगमले जनाएको छ । गत वर्ष अनुदानमा दिने भनिएकामध्ये ५४ सिट क्षमताको एम ए ६० नेपाल आइसकेको छ भने बाइ १२ आगामी साता नेपाल ल्याइँदैछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार