चिठ्ठाको नाममा करोडौ ठगी

२०७१ श्रावण ३ गते, शनिबार

काठमाडौँ ,३ साउन। रौतहटमा चिठ्ठा वा लोटरीको नाममा करोडौ रुपैयाँ ठगी हुन थालेको छ ।जिल्लामा समुह बनाई केही मानिसले साप्ताहिक लौटरी चिठ्ठाको नाममा करोडौ रुपैयाँको कारोबार गर्न थालेका छन् । चिटठा खोल्ने समूहले एक पटकमा तीन हजार पाँचसयदेखि चार हजार सदस्य बनाउने गर्छन । एउटा समुहले सदस्यता शुल्क बापत प्रतिव्यक्ति तीनहजार दुई सयदेखि चारहजार रुपैयाँसम्म असुल्ने गरेका छन् ।
एक पटक चिट्ठा कार्यक्रम चलाउँदा कुल एककरोड २८ लाख र चार हजार लिनेले सदस्यता शुल्कको नाममा एककरोड ६० लाख रुपैयाँ असुल गर्ने गरेका छन । साप्ताहिक रुपमा खोलिने चिठ्ठामा मोटरसाइकलदेखि टेलिभिजनसम्म पुरस्कार राखिएपनि त्यसमा समेत ठगी गर्ने गरेको स्थानिय बासिन्दाको आरोप छ ।
टिकट विक्री गर्नेहरुलाई कमिसन दिने गरेकाले गाउँ गाउँमा विकृतिका रुपमा फैलिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भिम ढकालले कुनै पनी चिटठा लौटरी सञ्चालन गर्दा कानुन बाहिर जान नमिल्ने बताउनुभयो । प्रकृया पुरा नगरी सञ्चालन भएको चिटठा गैरकानुनी कार्य भएकाले सञ्चालकलाई कानुनी कार्यवाही हुनसक्ने उहाँले बताउनुभयो । अहलेसम्म कारवाही भने कसैलाई भएको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु