चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित

२०७५ पुष २५ गते, बुधबार

काठमाडौं, २५ पुस । शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गरेको छ । समितिले
बहुमतका आधारमा विधेयक पारित गरेको हो । समितिले पारित गरेको विधेयकमा नेपाली कांग्रेसका सदस्यहरुले भने फरक मत राखेका छन् ।
विधेयकमा डा. गोविन्द केसीले उठाएका सबै विषय नसमेटिएको भन्दै कांग्रेसका सांसदले फरक मत राखेका हुन् । तर सरकार पक्षीय सांसदहरुले भने डा.केसीका माग सम्बोधन भएको दाबी गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु