चालक विहीन रेल चढ्नेको भीड

२०७६ असार ११ गते, बुधबार

काठमाडौं, ११ असार । अष्ट्रेलियामा पहिलो चालकविहीन रेल सेवा सुरु भएको छ । अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा केही साता अघिबाट सुरु भएको हो । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ । सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुलाई नजिक बनाएको छ ।
यो रेल तोकिएको स्टेशनमा हरेक पाँच मिनेटमा आइपुग्छ । यो मेट्रोको झन्डै १७ किलोमिटर सुरुङ मार्ग छ भने एउटा आकाशे पुल पनि यो मेट्रो मार्गमा पर्छ । पाँच वर्षको अवधिमा करिब ७ दशमलब ३ विलियन डलर खर्चमा यो रेल सेवा सुरु भएको बताइएको छ । चालकविहीन रेलमा चढेको अनुभव लिन बिहानैदेखि यात्रुहरुको लामो लाइन लाग्ने गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु