चालकलाई लगाम

२०७१ मंसिर २६ गते, शुक्रबार

काठमाडौ। सरकारले दिनदिनै सवारी दुर्घटनाका घटना बढ्दै गएपछि निराकरणको लागि जस्तोसुकै कठोर कदम चाल्न तयार भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकलाई सवारी दुर्घटना न्यूनीकरणका लागि दुई निर्णय एकैसाथ गरेर यस्तो संकेत गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सवारीचालक अनुमतिपत्र नियमाविली स्वीकृत गरेको छ । नयाँ नियमावली स्वीकृत भएसँगै व्यावासायिक चालक अनुमतिपत्र लिनको लागि १० कक्षा उत्तीर्ण हुनु अनिवार्य हुनेछ । लामो दूरीका सार्वजनिक सवारीसाधनहरु अत्यधिक दुर्घटना हुन थालेपछि सरकारले तयार गरेको लाइसेन्स सम्बन्धि नयाँ नियमावली बिहीबार स्वीकृत गरेको हो । नयाँ नियमावलीअनुसार कम्तीमा तीन किलोमिटर सवारीसाधन गुडाएर परीक्षा दिनुपर्ने ,न्यूनतम शैक्षिक योग्यता कक्षा १० उत्तीर्ण हुनुपर्ने,उमेर २३ देखि ५९ वर्षभित्रको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । यस्तो व्यवस्थासँगै आगामी दिनमा एसएलसी परीक्षा नदिएकाहरुले हेभी सवारीको लाइसेन्स नपाउने भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार