चार वर्षीय बालकले गरे बलात्कार !

२०७४ मंसिर ७ गते, बिहीबार

काठमाडौं, ७ मंसिर । भारतमा हालै चार वर्षीय बालकले बलात्कार गरेको अनौठो घटना प्रकाशमा आएको छ । दिल्लीको द्वारिका क्षेत्रमा एउटा प्रतिष्ठित विद्यालयमा अध्ययनरत चार वर्षीय बालकले आफ्नै सहपाठीलाई बलात्कार गरेको घटना प्रकाशमा आएको हो । प्रहरीले पीठित बालिकाको अभिभावकको उजुरी दर्ता गरेको छ ।
प्रहरीका अनुसार ४ वर्षीया बालिकालाई एउटै कक्षामा पढ्ने ४ वर्षीय बालकले बलात्कार गरेको उजुरी दायर भएको छ । १० नोभेम्बरमा स्कुलबाट घर फर्किएपछि ती बालिकाले आफ्नी आमालाई गुप्ताङ्गमा पीडा भएको बताएकी थिइन् । आमाले विस्तृत सोधखोज गरेपछि ती बालिकाले घटना विवरण सुनाएको बताइन्छ ।
लगत्तै परिवारजनले बालिकालाई नजिकैको चिकित्सक समक्ष लगेका थिए । चिकित्सकले सामान्य उपचार गरेपछि एक निजी अस्पतालमा बालिकालाई निजी अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराइएको परिवारजनको भनाइ छ । चिकित्सकले बालिकाको गुप्ताङ्ग असामान्य रहेको पुष्टि गरेको बताइन्छ ।
पीडित बालिका र आरोपी बालकको परिचय भने खुलाइएको छैन ।
भारतको कानूनअनुसार प्रहरीले ७ वर्षभन्दा कम उमेरका बालबालिकालाई कारवाही गर्न मिल्दैन । उक्त उमेर समूहका बालबालिकाको दिमाग अपराध गर्ने हदसम्म विकसित नभइसक्ने ठहर गर्दै कानूनमा यस्तो व्यवस्था गरिएको हो । तर यो उजुरी सम्बन्धमा प्रहरीले कस्तो कारवाही गर्छ भन्ने प्रष्ट भइसकेको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु