चार बिद्यार्थी संगठनद्वारा अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाललाई विनाशर्त रिहाइ गर्न माग

२०७६ फाल्गुन ३ गते, शनिबार

काठमाडौं, ३ फागुन । अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाललाई प्रहरीले गिरफ्तारकोमा घोर आपत्ति जनाउदै तत्काल बिनासर्त रिहा गर्न बिभिन्न बिद्यार्थी संगठनहरुले माग गरेका छन । अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अनेरास्ववियु (पाँचौ)का अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रविण मिश्रले संयुक्त वक्तव्य जारी गरी अध्यक्ष ढकाललाई जनयुद्ध दिवस मनाउने क्रममा काठमाडौंको सुन्धराबाट गिरफ्तार गरेको घटनाको घोर भत्र्सना गर्दै ढकालसहित गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई विनाशर्त रिहाई गरी स्ववियु निर्वाचनको बातावरण बनाउन माग गरेका हुन् । शुक्रबार जारी गरिएको वक्तव्यमा भनिएको छ, “त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचनको कार्यतालिका प्रस्तुत गरिसकेपछि विद्यार्थी संगठनहरुले आफ्ना गतिविधिहरुलाई अगाडि बढाइरहेका थिए । तर, पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठनका राजनीतिक एवं शैक्षिक गतिविधिमाथि प्रतिबन्ध गरेको थिएन, सो समेतलाई माथ दिने गरी हालको केपी ओली नेतृत्वको नेपाल सरकारले फाँसीवादी शैलीमा २५औं जनयुद्ध दिवसको अवसरमा काठमाडांैको सुन्धारामा आयोजित कोणसभा एवं ¥याली कार्यक्रमबाट यही २०७६ फागुन १ गते दिउँसो १२ः३० बजे अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललगायत चार जना विद्यार्थीहरुलाई गिरफ्तार गरिएकोमा घोर निन्दा एवं भत्सर्ना गर्दछौं । उहाँलगायत सबै गिरफ्तार गरिएका विद्यार्थी साथीहरुलाई बिनासर्त अविलम्ब रिहा गरी स्ववियू निर्वाचनको वातावरण बनाउन समेत माग गर्दछौं ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु