चार प्रहरी निलम्बित, तेइस कारबाहीमा

२०७१ मंसिर ५ गते, शुक्रबार


काठमाडौ,५ मङ्सिर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै एक प्रहरी सहायक निरीक्षकसहित चार प्रहरीलाई निलम्बन गरेको छ भने २३ प्रहरी कारबाहीमा परेका छन् ।
इलाका प्रहरी कार्यालय काकँडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले दिनुभएको जानकारीअनुसार सीमा क्षेत्रमा रहेर प्रहरी अनुशासन र आचरण विपरीत काम गर्ने एक प्रहरी सहायक निरीक्षक, दुई हबलदार र एक सिपाही निलम्बनमा परेका हुन् ।
पूर्वी नाका काँकडभिट्टामा सुपारी तस्करसँग साँठगाँठ गरी प्रहरीको छवि विगारेको जनाउँदै उनीहरुलाई कारबाही गरिएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार