चाइनिज जनै चल्छ भने पन्डित किन नचल्नु ! (ब्यङ्ग्य कविता ) – अर्जुनराज पन्त

२०७६ श्रावण ३२ गते, शनिबार

शिरमा लाउने टोपीदेखि पाउका जुत्ता सब
जनै समेत चाइनाबाट आउन लग्यो अब
हरमा लाउने एउटै चिज त्यो नेपाली पन भाको
हरे कठै त्यहि पनि चाइनाबाटै आको
छैन झन्झट कताउन र तेउराउनलाइ पनि
उतै बाट आयो जनै बनिबनाउ बनि
खुस्श छिर्यो पशलमा पैसा तिर्यो पायो
सस्तो छिटो चाइनिज जनै अनि हरमा लायो
फालिएका थोत्रा पेलि त्यसको धागो बनाइ
त्यहि धागोलाई गाँठो पारि बनाइएको जनै
न त धोएको ,मन्तरेको ,न गरेको केहि
पशलबाट किनी लाउदा आज जनै त्यहि
सजिलो र सस्तो खोज्दा अर्को दण्ड पाउला
फोहोरी ति जनै लाउदा चाइनिज लुतो आउला
के चाँही बिक्छ नेपालमा अध्यन गरि गरि
पठाएकै छ चाइनिज सामान उसले बजार भरि
शराद लाउला तिथि आउला पण्डित कहा पाउला
गराइ दिन्छु शराद भन्दै चाइनिज पण्डित आउला
अरु भन्दा सस्तो छिटो गराई दिन्छु भनि
आउन मात्रै बाँकी रह्यो चाइनिज पण्डित बनि
संस्कृतका ति मन्तरलाइ चाइनिजमा ढाली
अरु सबै भरि त्यहा छाडी नाम खालि
मन्तर भरेका मोबाइल बोकी पण्डित जस्तै गरि
आउछन होला चाइनिज पण्डित अब बजार भरि
जनै उसको चल्ने भएसी चलाउ पण्डित पनि
छिटै गर्ला शराद पनि च्याङ्ग च्याङ्ग चुङ्ग चुङ्ग भनि

( # ब्यङ्ग कबि अर्जुन राज पन्तको कोइली खण्डकाब्य छिटै बजारमा आउदै छ )

प्रतिक्रियाहरु