चाइना अन्तर्राष्ट्रिय ट्राभल मार्ट सम्पन्न

२०७५ मंसिर ३ गते, सोमबार

काठमाडौँ, ३ मंसिर । चाइना अन्तर्राष्ट्रिय ट्राभल मार्ट सीआइटीएम २०१८ को २० औं संस्करण नोभेम्वर १६ देखि १८ सम्म चीनको साङ्घाईमा सम्पन्न भएको छ । पीआरसी मन्त्रालय, नागरिक उड्डयन व्यवस्थापन, चाइना र साङ्घाई नगरपालिका जन सरकारको संयुक्त आयोजनामा सम्पन्न सीआइटीएम २०१८ ले २२४५ बुथहरुमध्ये १५४२ घरेलु प्रदर्शन र ७०३ विदेशी प्रदर्शनी यसको आकर्षण बनेको थियो । जसमा १०७ वटा देशले सहभागिता जनाएका थिए । साथै यसको प्रबद्र्धनका लागि युरोप, अमेरिका, एसिया लगायतका ५७३ ग्राहकले तीन दिन भित्रमा १ हजार भन्दा बढी व्यवसायीहरुसँग भेटेका थिए ।
सन् १९९८ बाट सुरु भएको सीआइटीएमले चीनको पर्यटन विकासमा २० वर्षदेखि सहयोग पुर्याउँदै आएको छ । सीआइटीएमले समय अनुसार निरन्तर विकसित हुँदै व्यवसायिक पर्यटन प्रवद्र्धनमा एसियामै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । यसले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पर्यटन क्षेत्रमा स्थान र अवसरका लागि मह्त्वपूर्ण कदम चालेको छ ।
चीन अहिले नेपालको लागि दोस्रो ठूलो बजार बनेको छ । नेपालको प्राकृतिक र सांस्कृतिले धेरै चिनिया पर्यटकलाई आकर्षित गरेको छ । समूहमा नेपाल घुम्न आउने चिनियाँ पर्यटकका लागि काठमाडोैं, पोखरा, चितवन, लुम्बिनी पहिलो रोजाईमा पर्ने गरेको छ । सन् २०१७ को तुलनामा यो वर्ष सेप्टेम्बरसम्म चिनियाँ पर्यटकको संख्या वृद्धि भई ४८% पुगेको छ । गत वर्ष ७३,६०७ चिनियाँ पर्यटक नेपाल आएका थिए भने यो वर्ष चिनियाँ पर्यटकको संख्या बढेर १,०९,४९७ पुगेको छ ।
सीआइटीएम २०१८ मा नेपाल पर्यटन विकास वोर्डले नेपालको पाँच निजी कम्पनीहरुसँगै भाग लिएका थिए । तीमध्ये एडभान्चर आउटडोर, क्रियटिभ एडभानचर नेपाल, फिसटेल टुर एण्ड ट्राभल, आउटडोर एक्सपियडियसन् र साथी नेपाल ट्राभल एण्ड टुर रहेका थिए ।

प्रतिक्रियाहरु