चमेलियाकोे विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिदै

२०७४ माघ १७ गते, बुधबार

काठमाडौँ , १७ माघ । चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिट अर्थात् १५ मेगावाटको विद्युत् उत्पादन परीक्षण सम्पन्न भएकोे छ । योसँगै १५ मेगावाट विद्युत् आजदेखि राष्ट्रिय प्रसारणलाइनमा जोडिने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । अर्कोे युनिटबाट उत्पादित थप १५ मेगावाट विद्युत्को परीक्षण माघ २७ मा गरिने बताउँदै त्यसपछि दुईओटै युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने आयोजना प्रमुख दाहालले जानकारी दिए । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित् लक्ष्यभन्दा २५० गुणा बढी समय लागेको थियो । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रु ८ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ । यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले निर्माण गरिरहेको छ ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार