चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि जडान

२०७४ फाल्गुन ६ गते, आईतवार

काठमाडौं, ६ फागुन । हुस्सु र कुहिरोका कारण झापाको चन्द्रगढी विमानस्थल भद्रपुरमा बारम्बार हवाई उडान अबरुद्ध हुन थालेपछि विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको छ । यो प्रविधि सुरु भएसँगै भिजिबिलिटी कम हुँदा पनि उडान भर्न सकिने नागरिक उड्यन प्राधीकरण भद्रपुर विमानस्थलका इन्चार्ज पूर्ण चुडालले जानकारी दिए । आइएफआर प्रविधिका लागि सबै उपकरण जडान गरी बुद्ध एयरको जहाजले परीक्षण उडान गरेको थियो । यो प्रविधि जडानसँगै अब १७ सय मिटरको भिजिबिलिटीमा नै उडान गर्न सकिनेछ ।
यसअघि चन्द्रगढी विमानस्थलमा भिएफआर प्रविधिबाट जहाज अवतरण हुने गरेको थियो । यसका लागि पाँचदेखि छ किलोमिटरको भिजिबिलिटी जरुरी पर्दथ्यो । आइएफआर प्रविधि भित्र्याएर परीक्षण उडान गरेसँगै अब जहाज १७ सय मिटरको भिजिबिलिटीमा अवतरण हुने हुँदा उडान अवरुद्ध हुने सम्भावना कम रहने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार