चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो डठ्याइदै

२०७१ आश्विन ९ गते, बिहीबार


काठमाडौँ, ९ असोज । आज जुम्लाको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गा डठ्याइँदैछ । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते कपडा राखिन्छ । यस्तै भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै कपडा राखिन्छ । बाँकँ २ वटा लिङ्गा ४२ देखि ४५ हातसम्मका हुने संस्कृतिका जानकार रमानन्द आचार्यले जानकारी दिए ।दुवै मन्दिरमा विजय स्तम्भसहित २ वटा लिङ्गो ठड्याइने उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीहरु र सर्वसाधरणको सहभागितामा लिङ्गो डठ्याइन्छ । लिङ्गो ठड्याइसके पछि मात्र जुम्लाबजार र आसपासका गाउँहरुमा घटस्थापना गर्ने चलन छ ।
हरेक वर्ष बडा दशैंको सुरुवातको दिन अर्थात घटस्थापनाका दिन पुरानो लिङ्गो ढाल्ने र नयाँ लिङ्गो ठड्याइने आचार्यले बताउनुभयो । जसलाई स्थानीय भाषामा लिङ्गा खडा गर्ने भनिन्छ ।
यस दिन नवदुर्गा मध्ये शैलपुत्रीको पुजा आराधना गरिन्छ । आजै जुम्लाबासीले नयाँ अन्न अर्थात नुवागी खाने गर्छन् भने धान पनि आजकै दिनदेखि काट्न सुरु गरिन्छ । जुम्लामा काली मार्सी धान भित्र्याउने चन्दननाथलाई चढाएपछि घरका परिवारका सबै सदस्य एकैठाउँमा जम्मा भएर नुवागी खाने गर्दछन् ।

प्रतिक्रियाहरु