चट्याङसहित वर्षाको सम्भावना

२०७६ फाल्गुन १९ गते, सोमबार

काठमाडौं, १९ फागुन । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाले देशको पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाले आज जारी गरेको पूर्वानुमानका अनुसार दिउँसो देशको पूर्वी भू–भागमा आंशिक र सामान्य बदली हुने साथै मध्य र पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको पनि पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, रातिमा भने देशको पूर्वी क्षेत्रमा आंशिक र सामान्य बदली हुने र मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली हुनेछ । साथै, पूर्व पहाडी क्षेत्रमा र एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार