चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

२०७३ असार ११ गते, शनिबार

काठमाडौँ, ११ असार । चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले भूकम्पपछि पुनःनिर्माण गर्न लागिएका संरचनालाई चट्याङ प्रतिरोधात्मक बनाउन सुझाव दिएको छ । शुक्रबार सम्पन्न दुई दिने सम्मेलनमा प्राकृतिक प्रकोप चट्याङले समाजमा पु¥याउने धनजनको क्षति न्यूनीकरण तथा त्यसबाट बच्ने उपायबारे छलफल भएको थियो ।
चट्याङ र वायुमण्डलीय अनुसन्धान केन्द्र नेपालले आयोजना गरेको सम्मेलनमा सहभागी वैज्ञानिकले आकासमा गड्याङगुडुङ भएका समयमा चट्याङ पर्न सक्ने हुँदा सर्वसाधारणलाई घरभित्रै बस्न सुझाएका छन् ।
चट्याङको समयमा रुख, तार, गुफा, फलामे बार, स्वीमिङ पुलभित्र प्रवेश नगर्ने, छाताको प्रयोग नगर्न समेत सम्मेलनले सर्वसाधारणलाई आग्रह गरेको छ ।
चट्याङबाट सुरक्षित हुन सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ । उक्त सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का र मलेसियाका ४० वैज्ञानिक सहभागी रहेको सम्मेलनमा १३ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । सम्मेलन आयोजक संस्थाका अध्यक्ष श्रीराम शर्माले जमिनको धरातलीय अवस्था, खनिजको उचाइ तथा भू–बनोटमा चट्याङको गति निर्भर गर्ने बताउँदै देशका विभिन्न स्थानमा चट्याङका बारेमा अध्ययन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु