चटकी राष्ट्रबादले दुखेको कालापानी क्षत्रको बास्तबिक घाउ– संसारसेन पृथक

२०७६ कार्तिक २४ गते, आईतवार

नेपाली हामी रहुला कहाँ नेपालै नरहे भन्ने गित असाध्यै मर्मका साथ गाइयको होला सायद यतिबेला हाम्रो देशको हालत राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको चौतर्फी संकटबाट गुज्रिएको छ देशको जब सिमा र नक्सा समेतको गुमनाम पर्छन त्यतिबेला सोच्नुपर्छकि त्यो देशको राजनीति नेर्तित्वले राष्ट्र घात गर्दैछ भनेर नेपाली इतिहासमा सबैभन्दा बलिया राष्ट्रबादी जसलाई भनिएको छ त्यसकै कार्यकालमा लिपुलेक,कालापानी लगायतका धेरै ठाउँमा राष्ट्रिय स्वाधीनता र सार्बभौमसत्तालाई समेत चुनौती दिएर भारतीय साम्राज्यले आफ्नो हस्तक्षप गरेको इतिहासमा कतै लुकेको छैन लिपुलेक लिम्पियाधुरा र कालापानी यतिबेला सुचना संचारको हिसाबले छिटो बाहिर आयो वास्तविक रूपमा ऐतिहासिक तथ्यांक अध्यन गरेपछि कतिबेला देखि सुरुभयो कुन सासकको पालादेखी यो समस्या बिबादास्पद रहदै आएको हो अध्यन गर्न जरुरी छ।
यथार्थमा के हो कालापानी छेत्रको बास्तबिकता ?
स्कुण्द पुरानले बर्णन गरेअनुसार प्राचिनकालमा ऋषि , साधु भक्तजनहरु कैलास पर्बत र मानसरोवर दर्शन गर्नजाने मुख्य बाटो भएकोले स्वर्गजाने द्ववार भनेर लिपुलेकलाइ भनेको पाइन्छ। स्कुन्द पुरानमा खासगरी त्यो छेत्रलाइ तीन खण्डमा हेरिएको छ एउटा कैलास खण्ड महात्भ्य,नेपाल खण्ड महात्भ्य र उत्तराखण्ड महात्भ्यमा राखेको पाइन्छ स्कुण्द पुरानमा भनिएको छ नेपाल खण्डमहात्भ्य भित्र हिमान्सादित पर्बत छ जो सानो कैलास हो कैलास पर्बत र मानसरोवर पुग्ननसक्ने हिमान्सादित पर्बतमा स्नान र दर्शन गरेपछि मनोकामना पूरा हुनेछ भनिएको छ पार्बतितालम स्नान गरेर हिमान्सादित पर्बतको दर्शन गर्नेगरेको तथ्यांक छ जुन पर्बत लिपियाधुरा सग जोडिएको छ त्यसैले एउटा बलियो आधार लिपियाधुरा नेपालको हो भन्नेमा कुनै संका छैन खा लाई कालानदी र तिल्चिलाइ कालापानी भन्ने काल्पनिक तथ्यले नेपालको पश्चिमी भुभागको अस्तित्वलाई खतरामा पारेको छ जुन अहिले महाकालीको मुख्य मुहान लिम्पियाधुरा हो भन्ने तथ्यलाई गोलमोटल पार्न खोजिएको छ अपि नवपा र सैपाल उत्तरमा रहेको ब्यास उपत्यका अहिलेसम्म विभिन्न थरीका ब्यासी जातिहरुको बसोबास भएको पाइन्छ त्यतिबेलाका नेपालमा जग्गा घरको समेतको करतिरेको ऐतिहासिक तथ्यांक हरु फेला परेको छ त्यतिबेला जग्गा घर कर बुझाएका गाउहरु कुटि ,नाभि गुङ्जी लगायत नौवटा गाउहरु थिए भने सीता पुलभन्दा भित्री रेखामा पर्ने छाङ्ग्रु गाउँ समेतको अध्यन गर्ने हो सुगौली सन्धिपछिपनी नेपालनै रहेकोे तथ्य छ सीता पुल देखि पारी भारतको धार्चुला र वारिपट्टी नेपालको दार्चुलाको भुभाग संवत् पर्दछ अर्को तथ्य केछ भने युरोप चीन ब्यापारीक सिल्क रोड नेपाल खण्ड महात्भ्यको बाटो हो भनेर लेखिएको छ त्यो बाटो लिपुलेक भञ्ज्याङ् प्रयोगमा आउनुले लिपुलेक नेपालको हो भनेर प्रमानित गर्दछ त्यतिबेला चल्तीमा १०८५०फिट अग्लो लिम्पियाधुरा १७४०० फिट अग्लो लेलोङ १६०००फिट अग्लो तिङ्कर भञ्ज्याङ् र १६८० फिट आग्लो लिपुलेक धेरै ओहोरदोहोर चल्तीमा आएको पाइन्छ त्यसैलाई नेपाल खण्डमा पर्ने स्वर्गको ढोका भनेर धर्मावलम्बीले परिभाषित गरेको र पछि ब्यापारीक बाटोपनी त्यहीँ भएकोले लिपु लेक भञ्ज्याङ् शब्दको धेरै प्रयोग आएको हो त्यतिबेला उत्तराखण्ड महात्भ्य भारतको पिथौरागढ र धार्चुलालाइ मानिएको घेरै तथ्यहरु लिपुलेक लिम्पियाधुरा ब्यास उपत्यकामा बसोबास गरेका समुदाय ब्यासी थरकानै रहेको पाइन्छ भारतको धार्चुलामा बसोबास गर्ने सौका समुदाय थिए जसलाई तिब्बती युरोपेली भारती ब्यापारी समेतले छोटा बेलायती भनेर भन्ने गरेको पाइन्छ भने नेपालका ब्यासी समुदायको परिचयनै नेपाली भनिन्थ्यो र उनीहरुको नामबाटदार्चुलाको तत्कालीन ब्यास गाबिस रहेको सबुत छ भारतको त्यतिबेला आफ्नो भूगोल गाउमा जाने निजि बाटोसमेत नभएको तथ्य छ भारतले उसकै भुमी गब्रर्याबङ गाउँ रोङकाङ नपल्च्यङ जानेबाटो समेत नभएर नेपालको बाटो हुँदै खा नदिको पुल तरेर आउनेजाने गरेको पाइन्छ १९६२ सालपछि भारत र चीन युद्धको समाप्तिपछि बनाइएको हो भन्ने तथ्य छ सन १९५९ मा
तिब्बती धर्मगुरु दलाइ लामाका चेलाहरु समेत भारत पलायन हुदा समेत कैलास पर्बत मानसरोवर हुदै लिपुलेक र तिङ्कर भञ्ज्याङ् भएर भारत पलायन हुदा चीनिया हरुले समेत नेपालको बाटो भएर दलाइलामा र उनका चेलाहरु भारत गएको प्रमानित गर्नुले लुपुलेक नेपालको भएको सत्य सबुत प्रमानित गर्न सकिन्छ त्यतिबेला सम्म नेपाली ब्यासी समुदाय र भारतका सौका समुदाय बिचमा कुनै तितो सम्बन्ध भएको पाइदैन दुर्भाग्य के मान्न सकिन्छ भने तिब्बती धर्मगुरु दलाइ लामा भारत पलायन पछी तिब्बती धर्मलम्बी लिपु लेक र्तिङ्कर भञ्ज्याङ् भएर लुक्दै छिप्दै भारत प्रवेश गर्नथालेपछी भारतले चासो बढाएर आफ्नो सेना पुलिस तैनाथ गरेर राख्न थालेको थियोे भारत चीन युद्ध अघिसम्म भारतको धार्चुला सम्म थियो सन १९६२को भारत चीन युद्धताका आफ्नो सैनिकलाई मनपरि बङ्कर निर्माण गर्न लगाइएको पाइन्छ त्यतिबेला नेपालको सासकको तर्फबाट कुनै चासो नराखेको र जनता धेरै पीडामा परेका थिए १९६५ पछि भारतको उत्तर प्रदेस सरकारले आम फस्ट वलरी गनबाट दसजनाको फौज तिल्सिमा पाल टाकेर बसेको र आवतजावत माथी निगरानी गर्न थालेको पाइन्छ तिल्सिमा नेपाली बासिको खेतवारि भएको र जनताले जिल्लासम्म गुनासो सुनाउदा समेत सासकले ध्यान नदिएको पाइन्छ बिस्तारै नेपाली लाई तिलचिमा नेपाली लाई आवतजावत बन्देज लगाइएको पाइन्छ जुन कुरा उहु पङ्तिकारको नैनिताल अध्यन पछिको जिबनीमा उल्लेख छ जतिबेला नक्सा बनाउदा नैनिताल हाइस्कुलमा “कुटिसे कालापनी निकालो”भनेर पढाइएको पाइन्छ त्यतिबेलाका नेपाली भूगोल कुटि , पार्बतिताल जबर्जस्त हस्तक्षेप गरेर अहिले भारतीय सेना बस्छ त्यतिबेला बिपिको दुइतिहाइको सरकार अपदस्त गरेर तत्कालीन महेन्द्रले सम्पुर्ण शक्ति आफ्नो हातमा लिएका थिए तत्कालीन प्रधानमन्त्री सुबर्ण सम्सेर राणा नेपाली भूगोल केहिभएको छैन भनेर भन्दा योगि नरहरी नाथले महाराज हजुरले आफ्नो छाता आफै ओरिबक्सियोस भनेर भनेको कुराले राजालाई समेत त्यो राम्रो थाहा थियो त्यसपछि गुन्जी र मानिलामा नेपालको भुमिलाइ अरु हस्तक्षेप गरेर भारतिय सेनाले बिकास निर्माण र सम्पूर्ण सम्रचना तयार गरेर याङ्सी नदिको मुहान थुनेर नक्कली पार्बति ताल निर्माण गरेर खा र तिलचिलाइ बर्तमन इतिहासबाट गोलमोटल पार्न खोजेको छ। अहिले नेपाली भुमी अहिले भन्ने गरेको नक्कली कालापानी नभएर नेपालको भूगोल कुटिसम्म हो भन्ने प्रमानिय गर्दछ अहिलेपनी सुगौली सन्धिमा तोकिएको नेपाली सिमाना कहासम्म हो भनेर खोजी गर्नको लागि ब्यासका बिध्यार्थिले अध्यन गर्दाका पाठ्यपुस्तक र सामाग्री हरु जुटाउन भारतका मुरदाबद लखनउ र आग्रामा छन जस्का कपिराइट तथ्यहरु जर्मनमा समेत सुरक्छित भएको पुष्टि छ ।नेपालको भूगोल गायब कसरी भएको रहेछ कहाँ सम्म नेपाल हो भन्ने जान्नको लागि लप्छे गुम्बा नियालम पुगेर त्यहाका धर्मगुरुलाइ सोधपुछ गर्दासमेत कस्ले कति मिचेको छ भन्नेकुरा नेपाली टोलिले ज्ञान् पाउन सक्छन
भारतले गरेको पछिल्लो बैमानिहरु।
सुगौली सन्धिपछी नेपालको लिपुलेक लिपियाधुरा आफ्नोमा पार्न चुकेका भारती हरुले १९५० को सन्धिमा समेत सिमा नवीकरणको कुरा उठाउने कोसिस गरेपछि नेपालको तर्फबाट ले सुगौली सन्धिको सिमा निर्णयलाई कायम राख्ने मनसाय देखाएपछि भारतले एकतर्फी तिल्सिमा आफ्नो सैनिक राख्नु तिल्सिमा लिपियाधुराबाट बगेको पानीको मुहान थुनेर कृत्रिम पार्बती ताल बनाउनु लिपियाधुराबाट बगेको पानी पार्बती तालहुदै कालिनदिमा बगेको प्रकृतिक सत्यतथ्य मेटाउन मानव निर्मित तालबाट कालिनदी देखाउनु तिलसिमा पार्बती ताल जस्तै काली मन्दिर बनाउनु। आदि रहेका छन मानिलाङ्याङ लिपुलेख भञ्ज्याङ् तृगेसे सिमाना होइन भन्ने पार्नकोलागी कालिलाइ साज नदि समेत भनेर रटाइनु जस्को तात्पर्य नक्सा (ख) खारेज गरेर नक्सा (ग) सदर गराउने कोसिस र नक्सा ग नै सहि हो बनाउन र नेपालको भुमी मिचिएको होइन भन्ने प्रमानित गर्ने कोसिस हो कोहिपनी भ्रममा पर्नुहुन्नकि धर्मशास्त्रका हरेक गर्न्थ र मानव समाजको ऐतिहासिक अध्यनले महाकालीको उदगम स्थल कुटियाङ्दी हो कालापानी छेत्र लिपुलेक कालापानी लिम्पियाधुरा नेपालकै हो यस्मा नेपालले कुनैपनी हालतमा पछि हटनु हुन्न भन्नेकुरा प्रष्ट छ।
तत्कालीन नेपाली सासकहरुबाट गरेको राष्ट्र घात ।
नेपालको लिम्पियाधुरा कालापानी र लिपुलेक विवाद अहिलेदेखिको होइन बीस २०१७ सालमा फौजी काण्ड गरेर प्रजातान्त्रिक सरकार ” कु” गर्दानै तत्कालीन राजा महेन्द्र र सुबर्ण सम्सेरले भारतलाइ रिजाउन लिपिया धुरामा भारतीय सैनिक राख्न दिने सहमति भएको तथ्य पाइन्छ त्यो तथ्यमा तत्कालीन महाराज महेन्द्रले समेत होइन छैन भन्न सकेको देखिदैन खासमा बिपि कोइराला र बाबुराम आचार्य समेतले नेहरुसग सौदा गरेर लिम्पियाधुरामा भारतिय सैनिक राखेको हो भनेकाछन जस अनुसार २०१८ सालमा खुल्लम तवरले बसेको पाइन्छ बि स २०२१ सालमा सुर्य बहादुर थापाको नेर्तित्वमा पहिलोपटक गठित मन्त्री मण्डलमा सुदुर पश्चिमका बहादुर सिह आइतवाल बन सायक मन्त्री हुदा उहाले लिपुलेक र कालापानीको बारेमा नेपाली भुमी मिचिएको छ सरकारले तत्काल ध्यान दिनुपर्योआ भनेर ध्यानाकर्षण गराउदा उहाँको मन्त्री पदसमेत राजा महेन्द्रको निर्देशनमा च्युत भएको थियो पछि उहालाई भारतको भुमी भएर हिड्न समेत बन्देज गरिएको थियोे यसबाट के प्रमानित भएको छ भने बिपिले भारत र चीन सगमात्र कुटनैतिक सम्बन्ध लाई यथावत राखेर तेस्रो शक्ति सग मैत्री सम्बन्ध समुनय गरेबापत २०१७ सालमा प्रजातान्त्रिक सरकारलाई “कु”गर्दा लिम्पियाधुरामा भारतीय सैनिक राख्नदिने सहमति समेत भएको पाइन्छ त्यसैलाई महेन्द्रको राष्ट्रवाद अन्धभक्त पुकार गरिएको छ २०२७ सालमा कृतिनिधी बिष्टले महेन्द्र राजाको अनुमतिमा राखिएका भारतीय चेकपोस्ट हटाउने अभियानको बेलापनी महेन्द्रले अहिलेलाइ लिम्पियाधुरा चेकपोस्ट रहनदिउ भारतिहरुलाइ त्योछेत्रमा सुरक्षा खतरा छ भनेको पाइन्छ २०४७ साल पछी प्रेमसिह धामिले कालापानी छेत्रको बारेमा सरकारको ध्यान दिलाउदा गिरिजाप्रसाद कोइराला समेतले कालापानी हाम्रै हो भनेर भनेको पाइन्छ त्यसपछि लामो समयसम्म लिपुलेक भञ्ज्याङ् लिम्पियाधुरा बिबादास्पद रहिआएको हो हरेक राजनीति पार्टीले भारतले हस्तक्षेप गरेको हजारौं हेक्टर जमीनलाई मुलमुदा बनाएर सत्तामा पुग्ने र फेरि अर्को राष्ट्र घात गर्ने गरेको पाइन्छ तत्कालीन अबस्थामा पन्चायत असफलताको प्रमुख कारण कालापानी मुद्दा हो त्यसपछि सत्तामा पुग्ने हरेक राजनीति दलहरू सत्तामा पुग्ने असफल हुने कारण राष्ट्रियता भौगोलिक अखण्डता सार्बभौमसत्ता सधैं बिदेशीहरुको हस्तक्षेप रहिआएको तितो सत्य छ नेपालमा राष्ट्रिय स्वाधीनता भौगोलिक अखण्डतामा भारतीय हैकम असुइकाॠ छ यस्को विकल्प नेपालमा कम्युनिस्ट पार्टीको शासन सत्ता अनिवार्य छ भनेर स्थापना गरिएको कम्युनिस्ट पार्टीको मुलमिद्दा गोर्खा भर्तीलाई तत्काल खारेज र कालापानी जस्ताको तस्तै फर्काउनु पर्छ भन्ने मुद्दामा स्थापना कालदेखि अहिलेसम्म कम्युनिस्ट सत्तामा आस्था राख्ने नेताकार्यकर्ता सबैमा भिन्नमत देखिन्छन् नेपाली राजनीतिमा मुल नेर्तित्वले आफ्नो कुर्सी बचाइराख्न काहिनकाही राष्ट्रघात गरेको छ तितो सत्य तथा डरलाग्दो कुरा के छ भने बर्तमन नेकपा सरकारले पुर्णता पाएको केही समय नबित्दै नेपालका सरकारी कार्यलयमा समेत कालापानी लिम्पियाधुरा र लिपुलेक समेत गायब भएको नक्सा राखियो त्यस्को चौतर्फी बिरोध र नेकपा क्रान्तिकारी माओवादी पार्टीको मेचीमहाकाली अभियान समेत चलेको स्मरण छ त्यसको एकबर्ष नबित्दै भारतले लिपुलेक कालापानी लिम्पियाधुरा आफ्नो नक्सामा राखेर सार्बजनिक गर्नुले अत्यन्तै निन्दनीय राष्ट्रघात भएको छ भन्ने कुरामा संका गर्ने ठाउँ रहन्छ तत्कालीन रूपमा संसदमा रहने सबै राजनीति दलहरूले सर्बदलिय बैठकमा भाग लिएको ताजा समाचारले जनतामा सकारात्मक सन्देश दिएपनी तत्कालीन रूपमा सरकारले निकालेको बिज्ञप्तिको पुर्णपाठले केहिनकेही संक्रमणले समस्या उत्पादन गरेको छ भन्ने जनाउद छ।जतिबेला नेपाली राजनीतिमा चटकी राष्ट्रबादको उदय हुन्छ त्यतिबेला गम्भीर रूपमा स्वाधीनता सार्बभौमिक्ता र भौगोलिक अखण्डतामा गम्भीर त्रुटिपूर्ण निर्णय भएको हुन्छ वास्तविक राष्ट्रको सार्बभौमिक्ताको समस्या के हो र त्यसको उचित हल कसरी गर्नुपर्छ बाट नभएर सस्तो लोकपि्रयता कुर्सिको दाउमा उदाएको राष्ट्रवाद मिलिभगतमा आउँछ त्यसैलाई मध्यनजर गरेर बर्तमन सरकारले कुर्सी र सासनको कुरामा भन्दा राष्ट्रियताको मुल समस्याको हलगर्नु हो कालापानी प्रतिनिधित्वको रूपमा देखाउने भारतिय साम्राज्यवादले बिस्तारै राष्ट्रलाइनै सम्पुर्ण हिसाबले सिध्याउने खेलमा छ नेपाली राजनीति नेर्तित्वले यो कुरामा बेलैमा ध्यान दिएर काम नथाले राष्ट्रियतामा भयावह अबस्थामा पुग्नसक्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु